• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रदेश १ मा सत्ता गठबन्धनसँग लिङदेन नेतृत्वको राप्रपाको तालमेल हुदै ।

काेचिला खबर by काेचिला खबर
04/29/2022
in मुख्य
81
SHARES
367
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग तालमेल गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो ।

प्रदेश १ का १४ जिल्लामध्ये झापामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको तीन पालिका प्रमुख राप्रपाले जितेको थियो । गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो ।

ओलीको गृहजिल्ला दमकमा राप्रपालाई साथमा लिएर जाने सहमति भइसकेको गठबन्धनका एक नेताले बताए । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेर जाने सहमति भएको बताए । ‘गठबन्धन गर्दा अनिवार्य हुन्छ, आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ,’ उनले भने, ‘छलफल जारी छ ।’

स्रोतका अनुसार झापाको दमक नगरपालिका राप्रपालाई दिएर अन्य पालिकामा राप्रपाले गठबन्धनलाई सघाउने सहमति भएको छ । राप्रपा अध्यक्ष थापाले दमक आफ्नो पार्टीले पाउने बताए । राप्रपाले अध्यक्ष राम थापालाई नै मेयरको उम्मेदवार घोषणा गरिसकेको छ । गठबन्धनको तर्फबाट दमकमा माओवादीले उपमेयर पाउने सम्भावना छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकमा एमाले अध्यक्ष केपी शर्मा ओलीका आफन्त रोमनाथ ओली १० हजार ८०६ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६५५ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८९८ मत ल्याएका थिए । दमकमा कांग्रेस चौथो स्थानमा थियो ।

एमालेलाई पराजित गर्ने रणनीति अनुसार राप्रपासँग झापामा मात्रै तालमेल गर्ने सहमति भएको गठबन्धनका नेताहरू बताउँछन् । काङ्ग्रेस प्रदेश १ सभापति उद्धव थापाले आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको बताए । ‘राप्रपासँग गठबन्धन भएको होइन, तालमेल हुन्छ,’ उनले भने, ‘त्यो तालमेल आवश्यकताका आधारमा हुन्छ ।’ दमकमा राप्रपाले दाबी गरेको बताउँदै उनले दमक राप्रपाले पाए अरुमा राप्रपाले गठबन्धनका उम्मेदवारलाई सघाउने बताए ।

लोकतान्त्रिक मञ्च पनि गठबन्धनमा

काङ्ग्रेस प्रदेश १ सभापति थापाका अनुसार प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सत्ता गठबन्धनमा मिसिएको छ । प्रदेश १ सरकारमा मञ्चको सहभागिता छ । प्रदेशमा पनि गठबन्धनमा मञ्च मिसिएको उनले बताए । उनले भने, ‘प्रदेश १ मा ६ दलीय गठबन्धन बनेको छ ।

उनले जिल्ला तहमा भागबण्डा मिलाउनका लागि छलफल जारी रहेको बताए । ‘गठबन्धनको बैठक जारी छ, धेरै स्थानमा सहमति नजिक पुगेका छौं,’ उनले भने, ‘सबैले अधिक पालिकामा दाबी गरेकाले सहमति जुटाउने प्रयास भइरहेको छ

शनिबार विराटनगरमा सत्ता गठबन्धनको प्रदेश १ स्तरीय बैठक बसेको थियो । नेकपा एकीकृत समाजवादी पार्टीको समन्वयमा बसेको बैठकले गठबन्धनलाई मजबुत बनाउने सहमति भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी मोरङका प्रवक्ता ओसिम आलमले बताए । अन लाईन खबर बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist