दुहबी/सुनसरीको दुहबी २ स्थित धनुस्ना खोलामा कुनैपनि पर्खाल न लाउन उच्च अदालत बिराटनगरले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। यहि श्रावण २७ गते अदालतमा उपस्थित हुन उच्च अदालत बिराटनगरका न्यायाधीसद्वव सत्यमोहन जोशी थारु र मुरारीबाबु श्रेष्ठको इजलासले जग्गाधनि बिपक्षि गिरजा शारडाका नाममा मंगलबार आदेश दिएको हो।
सो खोलाको छेउमा रहेको कृषि बाटोमा समेत क्षति पुर्याइ खोला मिचेर बन्दै गरेको नब निर्मित उद्योगका संचालकले सांध सधियार लाई नसोधि आफू खुशी पर्खाल खडा गरेपछि आफुहरु आन्दोलित हुँनु परेको निवेदक भागवतलाल चौधरीले दिएको निवेदनमा उल्लेखित धनुस्ना खोला अतिक्रमण गरि मुहान थुन्ने गरि पर्खाल न लगाउनु भनी बिपक्षिका नाममा असार १८ गते जारी भएको उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशलाई निवेदनको टुंगो न लागे सम्मकालागि निरन्तरता दिइएको छ।
तेहा स्थित नया बन्दै गरेको एक उद्योगले दुहबी वडा नम्बर २ र दुहबी वडा नम्बर १० को सिमानामा पर्ने करिव ४० फिटको धनुस्ना खोलामा ३० फिट अतिक्रमण गरेर खोलाको मुहानै पुरेर पर्खाल लाएको भन्दै स्थानीय किसानहरु आक्रोशित हुँदै धनुस्ना खोला संरक्षण समिति गठन गरि आन्दोलित भएका थिए।
उद्योगले खोलाको मुहानै मिचेर पर्खाल बनाउने कार्य र कृषि बाटोमा समेत क्षति पुगेपछि कृषि योग्य सयौं बिगाहा जग्गाको उब्जनमिा असर पर्ने भन्दै स्थानिय किसानहरु भागवतलाल चौधरी,रामकुमार चौधरी,जोगलाल माझि,देवकुमार माझि,साझिलाल माझि,सस्तीचरण चौधरी लगायतले सम्बन्धित दुहबी वडा नमबर २ र १० मा निवेदन समेत दिएका छन।
उद्योगले खोलाको मुहानै मिचेर पर्खाल बनाउने कार्य र कृषि बाटोमा समेत क्षति पुगेपछि कृषि योग्य सयौं बिगाहा जग्गाको उब्जनमिा असर पर्ने भन्दै स्थानिय किसानहरु आक्रोशित भएका हुन।
सो बिषयमा दुहबी वडा नम्बर २ र १० का वडाध्यक्षहरु, प्रहरी लगायत सरोकारवालालाइ ध्यानाकर्षण समेत गराइएको चौधरीले बताए। दुहबी वडा नम्बर २ मा सो उद्योग निर्माण भइरहेको भएपनि खोलाको मुहान सांघुरो हुँदा खोलामा बाढी आउँदा सो क्षेत्र डुबानमा परेको छ। दुहबीमा धेरै ठाउँ–ठाउँमा खोला नाला कुलो अतिक्रमण गरेर भौतिक संरचना खडा गर्दा बर्षायाममा बस्ती डुबान हुने गरेको पाइएको छ।