दुहबी/ सुनसरीको दुहबी वडा नम्बर २ र १० को सिमाना जोड्ने धनुस्ना खोला अतिक्रमण गरि खोलाको मुहानै पुरेर नयाँ बनिरहेको उद्योगले पर्खाल लाएको भन्दै स्थानिय किसानहरु आन्दोलित भएका छन।
धनुस्ना खोला संरक्षण समितिका संयोजक भागवतलाल चौधरीका अनुसार परा पुर्वकाल देखि सो खोलाबाट बगेको पानीले सयौं बिगाह जग्गामा बालीनाली उब्जनि गर्न सिंचाइको काम गर्दा किसानहरु हर्सित देखिए पनि अहिले आएर किसानहरु चिन्तित भएको दुखेसो पोखे।
सो खोलाको छेउमा रहेको कृषि बाटोमा समेत क्षति पुर्याइ खोला मिचेर उद्योगले सांध सधियार लाई नसोधि आफू खुशी नव निर्मत पर्खाल खडा गरेपछि आफुहरु आन्दोलित हुँनु परेको भागवतलाल चौधरीले बताए।
उद्योगले खोलाको मुहानै मिचेर पर्खाल बनाउने कार्य र कृषि बाटोमा समेत क्षति पुगेपछि कृषि योग्य सयौं बिगाहा जग्गाको उब्जनमिा असर पर्ने भन्दै स्थानिय किसानहरु भागवतलाल चौधरी,रामकुमार चौधरी,जोगलाल माझि,देवकुमार माझि,साझिलाल माझि,सस्तीचरण चौधरी लगायतले सम्बन्धित वडामा निवेदन दिएका छन।
सो बिषयमा दुहबी वडा नम्बर २ र १० का वडाध्यक्षहरु, प्रहरी लगायत सरोकारवालालाइ ध्यानाकर्षण समेत गराएको बताउँदै उद्योगले खोला अतिक्रमण गरेर कसरी नक्सा पास गराइ पर्खाल लगायो भन्ने बिषयमा दुहबी नगरपालिकामा समेत जाने धनुस्ना खोला संरक्षण समितिका संयोजक भागवतलाल चौधरीले बताए।
यता सो बिषयमा नव निर्मित उद्योगका संचालक अनिल सारडा संग बुझ्दा खोला आफुले नमिचेको र उद्योगको पर्खाल खडा गरिएको ठाउँ आफ्नो जग्गा भएको बताउदै सो ठाउँमा भएको खोला ४० फिट रहेकोमा हाल भागवतलाल चौधरीले खोलाको बिचमा बाटो बनाउदा खोला साँघुरो देखिएकोमा आफू पटक–पटक यस्तो खोलाको बिचमा बाटो नबनाउन आग्रह गर्दा समेत नमानि जबर्जस्ती आफु खुशी बाटो बनाएको बताए।
खोलामा बाढी आउँदा आफ्नो उद्योगमा समेत क्षति पुग्ने बताउँदै शारडाले वडा कार्यालयलाई समेत जानकारी गराएर उद्योग निर्माणकार्य गर्नु पुर्व दुहबी नगरपालिकामा निवेदन दिइ सरकारी अमिन ल्याएर सांधसधियार मध्ये भागवतलाल चौधरीकै उपस्थितिमा नाप जोख गरी आफ्नो जग्गा छुट्टाई निर्माणकार्य सुरु गरेकोमा हाल आएर किन बिवाद खडा गरेको भन्दै आफुले कुरा नबुझेको बताए। दुहबी वडा नम्बर २ मा सो उद्योग निर्माण भइरहेको भएपनि खोलाको मुहान सांघुरो हुँदा खोलामा बाढी आउँदा सो क्षेत्र डुबानमा पर्ने देखिएको छ। 







