• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

संक्रमण बढेसँगै सुनसरी मोरङमा मास्कको कालोबजारी थोकमा १ रुपैया ९० पैसा पर्ने माक्स १० रुपैया ग्राहक संग असुली गर्दै ।

काेचिला खबर by काेचिला खबर
05/02/2021
in मुख्य
63
SHARES
287
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । दोस्रो चरणको कोरोना महामारीको जोखिम तीब्र भएसँगै सुनसरी मोरङमा मास्कको कृतिम अभाव सिर्जना गरि कालोबजारी सुरु भएको छ सुनसरी र मोरङको बजारमा थोकमा १ रुपैया ९० पैसा पर्ने माक्स अहिले बजारमा एक पिसको १० रुपैया लिने गरेको देखा परेका छन ।

उत्पादकहरुले नै छोटो अवधिमा धेरै लाभ कमाउने मनसायका साथ मास्कको कालोबजारी सुरु गरेको थोक बिक्रेताहरुले बताएका छन् ।

मोरङका आधा दर्जन उद्योगहरुहरुले बजारमा मास्कको कृतिम अभाव सिर्जना गरि बढी मूल्यमा बिक्री वितरण गरिरहेको स्थानीय बिक्रेताहरुको भनाई छ । स्वदेशी बजारमा मास्कको अभाव देखिए पनि बढि मूल्यमा भारततर्फ हुने निर्यात पनि रोकिएको छैन ।

मोरङमा ६ वटा उद्योगहरुले औरा, रिजालको, राठी, डिजिलाईफ, टु–लिप्स र जि.डी.एस ब्राण्डका थ्री लेयर मास्क उत्पादन गर्दै आएका छन् । एउटा उद्योगले दैनिक ७० देखि ८० हजार पिस मास्क उत्पादन गर्छ । मोरङको कुल उत्पादन क्षमता दैनिक करिब ७ लाख पिस हो । तर, अहिले बजारमा मास्क पाउन सहज नरहेको थोक तथा खुद्रा बिक्रेताहरुले बताएका छन् ।

दोस्रो चरणको महामारी आउनुअघि थोकमा १ रुपैयाँ ५० पैसादेखि १ रुपैयाँ ९० पैसा प्रतिगोटाका दरले बिक्री भइरहेको मास्क अहिले ४ रुपैयाँ ५० पैसादेखि ५ रुपैयाँ प्रतिगोटाका दरले बिक्री भईरहेको भैरवी ईन्टरप्राईजेजका सञ्चालक सञ्जीवकुमार दासले बताउँछन् । ‘एक त मास्क पाउँदैन, पाईहाल्यो भनेपनि मूल्य बढेको छ’, उनले भने, ‘उद्योगमा सम्पर्क गर्दा ७ दिनका लागि बुक भइसकेको छ भन्छ, तर भारततर्फ पनि मास्क तस्करी भईरहेको बुझिन्छ ।’

मोरङका उद्योगहरुले उत्पादन गरेको मास्क देशैभर निर्यात हुने गर्छ । आम उपभोक्ता र अस्पतालहरुमा यसको खपत हुन्छ । पहिलो चरणको महामारीमा पनि मास्कको मूल्य सन्तुलित अवस्थामा थियो । त्यसबेला थोक व्यापारीहरुले अधिकतम् २ रुपैयाँ प्रतिगोटाका दरले मास्क खरिद गरेका थिए । तर, अहिले चर्को मूल्यबृद्धि भएको उनीहरु बताउँछन् ।

पहिलो चरणको महामारीमा सामान्य मास्कको मूल्य प्रतिप्याकेट ९० थियो । अहिले सोही मास्क १८० रुपैयाँ प्रति प्याकेटका दरले बिक्री भइरहेको छ । मास्कसँगै ग्लब्स र स्यानिटाईजरको मूल्य पनि आकासिएको विराटनगरस्थित रोयल मेडिकोका सञ्चालक उमर फारुकले बताए । उनले पहिलो चरणको कोरोना महामारीमा ३५० रुपैयाँ प्र िप्याकेटका दरले बिक्री भएको ग्लब्स हाल १ हजार ३ सयमा बिक्री भईरहेको जानकारी दिए ।

कोरोनाको जोखिम बढेसँगै थान कपडा व्यावसायी र उद्योगी स्वयम्ले पनि मास्क लुकाएर राखेको स्थानीय बिक्रेताहरुले बताएका छन् । दोश्रो चरणको महामारीअघि ७० प्रतिशत मास्क भारत निर्यात भएकाले हाल बजारमा मास्कको अभाव देखिएको उनीहरुको बुझाई छ ।

उद्योगीहरुले भने मास्क बनाउन चाहिने आवश्यक कच्चा पदार्थको अभावमा उत्पादन ठप्प भएकाले माग बमोजिमको मास्क आपुर्ति गर्न नसकिएको बताएका छन् । मास्कका लागि चाहिने मेलब्लन पेपर, नोज वायर र ईयर लुकलगायतका कच्चा पदार्थको अभावमा मास्क उत्पादन ठप्प भएको रिजालको मास्क उद्योगका सञ्चालक तथा मास्क नविन रिजालको भनाइ छ ।

तिरुपति बालाजी उद्योगका सञ्चालक सरोज खड्काले मास्क अड्याउने डोरी (इयर लुक) को अभावमा नेपालभर सञ्चालित २० भन्दा बढी मास्क उद्योगहरु बन्द भईसकेको बताएका छन् । उनले अबको केही दिनभित्रै सहज रुपमा ईयर लुक उपलब्ध नभए ९० प्रतिशत मास्क उद्योग बन्द हुने अवस्थामा रहेको जानकारी दिए ।

मास्क बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात हुने गरेको छ । दोश्रो चरणको महामारीअघि सबै उद्योगीहरुसँग मास्कको पर्याप्त स्टक भएकाले कसैले थप आयात गरेनन् । तर, महामारीले पुनः ढोका ढकढक्याएपछि बजारमा मास्कको माग बढेसँगै कच्चा पदार्थको अभावमा नयाँ मास्क उत्पादन गर्न नसकिएको र भारतमै महामारी बढेकोले कच्चा पदार्थ पाउन नसकेको उद्योगीहरु बताउँछन् ।

मोरङमा मात्रै दैनिक ३ टन ईयर लुक (डोरी) को खपत रहेको मास्क एशोसिएशन अफ नेपालले जनाएको छ । तर, हाल भारतबाट आयात रोकिएपछि ४० दिन पर्खिएर चीनबाट कच्चा पदार्थ आयात गर्नुको विकल्प नरहेको उद्योगी खड्काको भनाई छ ।

प्रथम चरणको कोरोना महामारीमा बजारमा मास्कको कृतिम अभाव सिर्जना गरेर कालोबजारी भएको थियो । त्यसबारे प्रशासनसहितको बजार अनुगमनपछि कालोबजारी गर्नेलाई कार्वाहीसमेत गरिएको थियो । अहिले बजारमा कालोबजारी बढेपनि अनुगमन हुन सकेको छैन । हाम्रो मत बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist