दुहबी/ सुनसरीको दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारले आज एकैदिनमा वडा नम्बर १ प्रास्टोकी,वडा नम्बर ६ काली मन्दिर र वडा नम्बर ४ मालहटियामा नव निर्मित आधारभुत स्वास्थ्य चौकीको उद्घाटन गरेका छन। गत आर्थिक बर्ष देखि निर्माण शुरु गरिएको उक्त स्वास्थ्य चौकी हरुको भवन भर्खरै सम्पन्न भएको थियो।
समुध्घाटन कार्यक्रममा बोल्दै गच्छदारले भौतिक पुर्वाधारले मात्रै बिकास नहुने हुदा मानिसको स्वास्थ ,शिक्षा साथै निरोगी भएर बाच्न पाउनु पर्ने अधिकार लाई समेत मध्य नजर गर्दै आफुले हरेक वडा मा प्रशुती गृह,सुरक्षित गर्भपतन,मात्री शिशु सेवा,शुरक्षित मातृत्व सहितको सेवा उपलब्ध गराइ आफ्ना नगरबासी हरुको सहज स्वास्थ पहुच पुगोस भन्ने हेतुले यस्ता कार्यक्रम अगाडि सारेको बताए। आफू नगरमा रहुन्जेल बार्है मास आखामा मासु पलाएको,जलबिन्दु,मोतिया बिन्दु रोगले दृस्टी गुमाउन नपर्ने ठोकुवा दिदै यस्ता बिरामिहरुलाइ डाक्टरले अप्रेसन गर्ने सुझाव दिए सिधै नगरपालिका को स्वास्थ्य साखामा सम्पर्क गरि निशुल्क सेवा लिन आग्रह समेत गरे।गच्छदारले प्रदेश र केन्द्र मा समेत आफ्नो सरकार नहुदा पनि आफ्नो बिबेक प्रयोग गरि अरबौ रुपैयाँका बहुबर्से योजना पार्न सफल भएको बताए।
वडा नम्बर ४ मा बन्ने फोहोर ब्यावस्थापन केन्द्र लाई १ करोड ६२ लाखको पुर्वाधार निर्माण ला लागि मात्रै ठेक्का निस्की सकेको र तत्कालै उद्घाटन गर्न लागेको बताउदै गच्छदारले वाटर पार्क,नगर प्रमुख आवास योजना,हरित पार्क,फुट्बल टेक्निकल सेन्टर ,रङ्गशाला,ब्यवस्थित हाटबजार,रिङ्गरोड परियोजना,ग्रामिण सडक कालोपत्रे योजना, १५ सैयाको नगर अस्पताल लगायत बहु आयामिक बिकास योजना अगाडि बढाएको बताए।
बिकास गर्न पैसा ले हैन इच्छा शक्ति,दृढ सन्कल्प र तिक्ष्ण बिबेक को आवस्यक्ता रहेको बताउदै गच्छदार ले अपाङ्गता भएका ब्यक्ती र जेष्ठ नागरिकको मिलिजुली समूह गठन गरि हरेक समुहलाइ रु ५० हजार बीउ पुजिको रुपमा दिने घोसणा गर्दै उक्त पुजि बाट ती नागरिक हरुलाई स्वरोजगार बन्न उत्प्रेरित गराइ आय आर्जनमा अगाडि बढाउने बताए।
बेरोजगार महिला हरुलाइ लघु उद्दम मार्फत तालिम दिलाइ कृस्टलका गहना,घरेलु अचार,जुत्ता चप्पल उत्पाद गर्न उत्प्रेरित बनाउने उदेश्य ले आगामी आर्थिक बर्स को सुरु खन्ड देखि नै महिलाको समूह बनाइ बीउ पुजि समेत उपलब्ध गराउने वचन दिदै कार्यक्रम ल्याइने बताए।
बिवाह भएकै दिन देखि शुभकामना कार्ड दिदै मोबाइल एप मार्फत गर्भवती र बच्चाको अबस्था बुझ्ने साथै अढाइ बर्ष नपुगुन्जेल बच्चा को पुर्ण स्वास्थ्य निशुल्क उपलब्ध गराउने बचनबद्दता जाहेर गर्दै समाजमा अपाङ्गता पुर्ण उन्मुलन गर्न नसकेपनी नियन्त्रण गर्न पहल गर्ने बताए।
नया साल र रमजान को सुभकामना दिदै गच्छदारले कोभिड १९ भन्दा खतरनाक अहिलेको केन्ट भेरियन्ट नामक कोरोना खतरनाक भएको जनाउ दिदै सबै नागरिकलाइ स्वास्थ्य मापदन्ड अपनाउन,सेनिटाइजर र मास्क अनिवार्य गर्न समेत सुझाव दिए ।
कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष अजुल हुसैन,वडा नम्बर ४ का अध्यक्ष राजन बस्नेत र वडा नम्बर ६ का मुन्ना हलुवाइ ले कोरोना संक्रमण बाट जोगिन सबै नागरिक सचेत रहन आग्रह गर्दै आफ्ना वडामा नव निर्मित स्वास्थ्य चौकी उद्घाटन भएको प्रती खुसी ब्यक्त गरे।
कार्यक्रममा नगर उपप्रमुख सुनिता दाहाल साह,स्वास्थ साखा प्रमुख बिन्देस्वर महतो,फोकल पर्सन उचित नारायण साह लगायत विभिन्न वडाका वडा सदस्य र स्वास्थ्य स्वयम् सेबिका हरुको उपस्थित रहेको थियो।






