दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ मा संंचालित पशुपती आइरन एण्ड स्टिल फ्याक्ट्री केही दिन बन्द हुने भएको छ। आज बिहान भएको ८ नम्बर वडाका स्थानियबासिको आन्दोलन पछि उक्त पक्षले उठाएको समस्याको हल नभए सम्म बन्द गर्न उद्योगका प्रसाशन प्रमुख संजय शर्मा सहमत भएका हुन।
८ नम्बर वडाकार्यलय मा स्थानिय प्रहरी,उद्योग प्रशासन र स्थानियबासी हरुको उपस्थित गराइ कार्यबाहक वडा अध्यक्ष बिनय दाहालले संयुक्त छलफल गराइ सहमति कागज गराएका थिए। आन्दोलन बढ्दै जाने संकेत पाए पछि दाहालले तत्कालै वडामा बोलाएका थिए।
उद्योगले तत्कालै चिम्नीको पंंखा र धुवा फिल्टर गर्ने मेसिन राखी प्रदुषण रहित धुवा फाल्न थालेपछी मात्रै उद्योग सन्चालन गर्नु पर्ने,उद्योग बन्द अबधि भर स्थानियको चापाकलमा पानी आए न आएको हेर्नू पर्ने र सो को जानकारी वडा मा गराउनु पर्ने बिसय सहमती पत्रमा उल्लेख गरिएको छ।
आइरन उद्योगले सरकारको मापदण्ड बिपरित हेभी बोरिङ्ग गाडेको कारण फ्याक्ट्री आसपासमा घरका चापाकल,टुबेल हरुमा पानी सुकेको,चिम्नी बाट निस्केको धुवा फिल्टराइजेशन नगरी छाडेको हुदा उक्तधुवाले बातावरण प्रदुसित बन्दै गएको ले आम सर्वसाधारण नागरिकको जिबनमाथी प्राण घातक रोग बढ्दै गएको साथै पटकपटक फ्याक्ट्री प्रसाशन लाई सुझाव दिदा समेत आलटाल गरेको हुदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानिय अशोक बुढाथोकीले बताए।
यस्ता उद्योगका कारण बेलुका सुकिलै सुतेको मान्छे बिहान उठ्दा छाइ नै छाइ ले कालो बनाइदिने तर त्यही कालो पखाल्न चापाकल थिच्दा पानी समेत न आउने हुंदा पिंडामा परेको र उद्योगले नागरिकको बाच्न पाउनुपर्ने अधिकार कुन्ठित गरेको भन्दै पशुपति आइरन लगायत,रमपम,पशुपति पेपर्स, बियर फ्याक्ट्री समेत दर्जनौ फ्याक्ट्री हरुलाइ यस्तो अमानबिय कार्य नगर्न स्थानियबासी हरुले आग्रह गरेका छन।





