दुहबी/१९ वर्षअघि दुहवीका २५ जना शेयर सदस्यहरुबाट स्थापना भएको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर सदस्य संख्या २० औं वर्षमा लाग्दा १ हजार ९७ महिला र ११४८ पुरुष गरि २ हजार २ सय ४५ सम्म पुगेको छ ।
संस्थाले यस अवधिमा २०७७ असार मसान्त सम्म कूल लगानाी १५ करोड ५८ लाख पुर्याएको छ ।
दुहवी ५ स्थित रहेको संस्थाको शुक्रवार आयोजित २० औं साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन १५ करोड ९७ लाख रुपया सम्म पुगेको छ । यस अवधिमा कुल ऋण लगानी १५ करोड २२ लाख, ६४ हजार रुपया ऋण लगानी गरी आर्थिक वर्ष २०७६/०७७ असार मसान्त सम्ममा मुनाफा २५ लाख २१ हजार आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो
छ ।
साधारणसभामा संस्थाका अध्यक्ष मिलिराम चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै स्थापनाको २० औं वर्षमा पुग्दा सहकारी संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको बताए । सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको तथा सेवामूलक कार्य, राहत कार्यमा सहयोग गरेको अध्यक्ष मिलिराम चौधरीले बताए ।
संस्थाले एम्बुलेन्स सेवा, रेमिटेन्स सेवा, रक्तदान कार्यक्रममा निशुल्करुपमा रगत सिफारिस गर्दै आएको छ । स्थापना यता निरन्तर सफल सहकारीको रुपमा अघि बढेको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं साधारण सभामा प्रमुख अतिथि भूमि ब्यबस्था कृषि तथा सहकारी मंत्रालय प्रदेश नम्बर एकका उपसचिव बलराम निरौलाले सहकारीको सफलता यसका निक्षेपकर्ताहरुको आत्मनिर्भरता सँग गाँसिएको हुने भएकोले सम्पूर्ण सदस्यहरुले आत्मसाथ गर्दै जानुपर्ने सुझाव दिए ।
उनलेले सहकारी विना आर्थिक संम्वृद्धि नहुँने भन्दै रचनात्मक र उत्पादनमुखी व्यवसायमा लगानि गर्नुपर्नेमा जोड दिए ।
साधारणसभाका बिशिष्ठ अतिथि दुहबी वडा नम्बर ५ का वडाध्यक्ष रमेशकुमार रौनियार लगायतका अतिथि वक्ताले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष भूपनारायण भगतले राखेका थिएभने कार्यक्रम सञ्चालन संस्थाका सचिव प्रभाकर माझीले गरेका
थिए ।





