विराटनगर, / विराटनगरमा एकै दिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार विराटनगरमा २८ महिला र ४२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार विराटनगरमा ७० सहित प्रदेश १ मा मंगलबार १३८ काेराेना संक्रमित थपिएका छन् । मोरङमा १ सय ८, सुनसरीमा २२, झापामा २, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ३ जना संक्रमित थपिएका हुन् ।
मोरङको विराटनगरमा ७०, कटहरीमा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ६ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको दुहवीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९६७ पुगेको छ ।
प्रदेश १ मा आज ६४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि.जेनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् ।
हालसम्म २ हजार १४२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।