सुनसरीको दुहबीमा आज बिहानै ९ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको दुहबी स्वास्थ्य शाखाले पुस्टि गरेको छ।
उनिहरु दुहबी ५ का १५ र ३० बर्षका पुरुषहरु, दुहबी ४ का ६४ बर्ष र ३२ बर्षका पुरुष दुहबी ४ कै १७ बर्षकि महिला र ३ बर्षका बालक, दुहबी ३ का ३० र ५० बर्षका पुरुष र नेपाल प्रहरी बाट दुहबी ३ का ५५ बर्षकि महिला रहेको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ । दुहबीमा जम्मा संक्रमित १९१ मध्ये ५७ जना निको भएका छन्। दुहबीमा शुक्रबार ८७ जनाको स्वाब संकलन गरिएको मध्ये अब १ जनाको रिपोर्ट आउन बाकी छ।




