दुहबी / सुनसरीको दुहबी नगरपालिका ३ स्थित संचालनमा रहेको बनारसि होटेलले कुहिएको मिठाइँ बैचेर आम उपभोक्ता ठग्दै गरेको सामाचार कोचिला खबरमा संप्रेसन भएको २४ घण्टा नपुगदै होटेल संचालक लाई दुहबी उप प्रमुख तथा अनुगमन समितिकि संयोजक मेनुका पोख्रेल खतिवडाले होटेल संचालक सुरेन्द्र साह संग अब उप्रान्त यस्तो किसिमको गल्ति दोहोरीयाए कानुन बमोजिम कार्वाही गरिने कागज गराएको उप प्रमुख खतिवडाले बताईन ।
सोमबार दुहबी नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा खाजाको लागि बनारसि होटेल बाट मगाएको रस मलाई मिठाइ कुहिएको फेला परेको दुहबी नगर पालिका स्रोतले जनाएको थियो ।
यता सोही विषयमा होटेल संचालक संग कुरा गर्दा गल्ति स्विकारेका
थिए ।
उता सो विषयमा दुहबी नगरपालिकाका उप प्रमुख मेनुका पोखरेल खतिवडा संग बुझदा सो होटेल अनुगमन गरी कार्वाही गर्ने बताएकि थिन ।
बिगत लामो समय देखि दुहबीका केही होटेलहरुमा अनुगमनको क्रममा अखाद्य वस्तु फेला परेको, होटेल फ़ोहोर देखिएको लगायतको समस्या देखिए पनि दुहबीकि उपमेयर संयोजक रहेको अनुगमन समितिले कार्वाही सहितको जरिवाना न लगाउँदा होटेल संचालकहरुको मनोमानी बढेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही गरेको जग जाहेर छ ।