दुहबी / दुहबी नगरपालिका वडा नम्बर ६ मा सन्चालित पन्चायत आधारभुत बिद्यालयमा अध्ययन गर्ने ECD देखि कक्षा ५ सम्मका बालबालिका हरुलाइ जाडोको न्यानो कपडा बितरण गरिएको छ। ECD का लागी नगर बाट प्राप्त १९ थान स्विटर र टोपि साथै वडा बाट कक्षा ५ सम्मका बालबालिका लाइ ५६ थान स्वेइटर र टोपि बितरण गरिएको हो । आज एक कार्यक्रमको आयोजना गरी बढ्द सितलहर लाइ मध्यनजर गर्दै उक्त सामान बितरण गरिएको वडा अध्यक्ष घनश्याम हलुवाइले जनाए ।





