दुहबी / सुनसरीको दुहबी नगरपालिकामा रहेको एक मात्र नमुना विद्यालयमा बेथिति भएको आशंका गरिएकोछ ।
दुहबी ५ स्थित रहेको श्रीसरस्वती माबीमा प्रधान अध्यापकको मनमानिले गर्दा बिधालयको आर्थिक कारबार , बिधालयले २२ वटा सटर भाडाको रकम देखि विद्यार्थीहरु पठन पाठ्न सम्ममा मनोमानि तथा बेथिति देखा परेको छ।
दुहबीको स्थानीय तथा अभिभावक हरुको ब्यापक जन गुनासो बढ्दै जादा सो मध्य नजर राखि दुहबीका संचारकर्मिको टोलिले ६ महिना अगाडी सो बिधालयका प्रधानअध्यापक तेज प्रसाद तिम्सिना संग आर्थिक तथा भौतिक गतिविधिको सुचना माग्दा सो बेथिति हरुको खुलासा भएको हो।
सोही बिधालयको भवनमा रहेको २२ वटा सटर भाडाको प्रयोजन गरेकोमा हाल सो भाडामा लगाएको र वैज्ञानिक भाडा दर नराखि सस्तो दरमा तत्कालीन व्यवस्थापन समिति तथा प्रधान अध्यापकको मिलोमतोमा निर्णय गरि प्रतेक सटरको भाडा २७ सय मात्र लिने गरेको खुलासा भएको छ ।
सो बिधालयको छेउ छावमा चलन चल्ति प्रतेक सटरको भाडा ५ हजार देखि ८ हजार सम्म रहेको तत्कालीन व्यवस्थापन समिति र प्रधान अध्यापकको मिलोमतोमा सो सस्तो भाडा दर कायम गरेको स्थानीय हरुले आसंका गरेका छन।
सो बिधालयले लगाएको सटर भाडामा ठेक्दारी प्रथा देखीन्छ भने सो सटर भाडा पहिलो ब्यक्तीले लेको भाडा कुनै कारण बस सो सटर छोडे आन्तरिक रुपमा लाखौंमा ठाउँ बेच्ने गरेको स्थानीय हरुले आसंका गरेका छन ।
स्रोतका अनुसार पहिलोपटक भाडा लिएको पसल संचालकले आफ्नो पसल बन्द गरि ठाउँ बेचेर हाल सो ठाउँमा अर्को पसल संचाल भए पनि हाल सम्म बिधायल लाई तिर्दा भाडाको रकम समेत पहिलेकै पसल संचालकले कमिसन खाएर भाडा तिर्ने गरेको स्रोत बताउछन ।
यता सो विषयमा श्रीसरस्वती माबीका प्रधान अध्यापक संग बुझदा तत्कालीन व्यवस्थापन समितिको निर्णयको आधारमा २२ वटा सटरको भाडा निर्धारणको आधारमा लिने गरेको र पछिल्लो समय छेउछावको चलन चल्तीको आधारमा कम भएको स्विकार गर्दै पहिलानै भाडामा लिएको पसल संचालकले हाल सम्म पनि कम भाडा तिर्ने गरेको बिधालयको नयाँ व्यवस्थापन समिति बन्न साथ भाडा दर कायम गर्ने बताए
सो भाडाको ठाउँ अरुलाइ दिएको आफू लाई केहि थाहा नभएको प्रअले बताए । सो विद्यालयको गेटमा रहेको सटर लगायतका पसलमा खुल्लम खुल्ला सुर्तीजन्य पदार्थ बिक्री भइ रहँदा समेत बिद्यालय प्रशासन मौन देखिएको छ।
विद्यालयले १० लाख बढी सटर भाडा उठाउन न सकेको हुँदा व्यापक अनियमितताको आसंका भएको स्थानियहरु बताउँछन । सटरमा सुर्ती जन्य पदार्थको खुलेआम विक्रिवितरण भएको र त्यसको असर बालबालिकामा परेको देखिँदा समेत सरोकार बाला तथा दुहबी ५ का वडा अध्यक्ष रमेश रौनियार मौन देखिन्छ ।
विद्यालयको सय मिटर आसपास क्षेत्रमा चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न सरकारले निर्देशन जारी गरिएको दशक लाग्दा समेत त्यसको कार्यान्वयन नभएकाले अनुगमनको खाचो रहेको छ।




