• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा ठेकेदारको मनपरी ठेक्कानै नलागेको ठाउँमा लाखौं रुपैया कर उठाउदै बुढी खोलामा अवैध उत्खनन हुदा बस्ति जोखीममा

काेचिला खबर by काेचिला खबर
12/08/2024
in FEATURE, स्थानीय
65
SHARES
296
VIEWS
Share on FacebookShare on Twitter

 

 

सुनसरी / नियामक निकायको फितलो अनुगमनको फाइदा उठाउँदै ठेकेदारले सुनसरीको दुहबी नगरपालिका– ७ वलवाइस्थित दुहबी खोला नजिक मापदण्ड विपरित जथाभावी उत्खनन गर्दा बस्ती जोखिममा परेको छ ।

दुहबी नगरपालिका ५ मा रहेको श्री आलिया कन्स्ट्रक्सन प्रालिले बुढी खोलानजिकै स्थानीय झरिलाल सरदारको २७ कठ्ठा निजी जग्गाको माटो किनेर जथाभावी उत्खनन् गरेको आरोप लागेको छ ।अवैध तरिकाले १५ देखि २० फिटसम्म गहिरो खाडल बनाएर उत्खनन गर्दा दुहबी, मोरङको बुढीगंगा र विराटनगरको केही बस्ती जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । आलिया कन्स्ट्रक्सनले अबैध रुपमा गरेको उत्खनन् क्षेत्रमा दुहबी नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत गरेको छैन ।

वैध उत्खनन हुँदा पनि खोलाको ठेक्का लगाई नियमनको समेत जिम्मेवारी पाएका दुहबी नगरपालिकाकाले अनुगमण फितलो गर्दा ठेकेदारको मनपरी बढेको देखिन्छ ।

आलिया कन्स्ट्रक्सन प्रालिका संचालक सदाक हुसैनले आर्थिक वर्ष २०८१-८२ मा दुहबी नगरपालिसँग बुढी खोलाको तीन ठाउँबाट बालुवा र भरौट उठाउने ठेक्का १ करोड २५ लाख रुपैयाँमा ठेक्का लिएका छन् । दुहबी नगरपालिका ३ को कदमगाछि, दुहबी ४ को मलहटि र दुहबी १ को प्रास्टुकिबाट बालुवा र भरौट दैनिक ४९.१६ घनमिटर र वार्षिक १३.२७४ घनमिटर उत्खनन गर्न पाउने सम्झौता छ ।

तर, ठेकेदार कम्पनीले सम्झौताविपरीत जथाभावी रुपमा निजी जग्गाको माटो खरिद गरेर बस्ती जोखिममा पारेको स्थानीयले बताएका छन् । नगरपालिकाको सम्झौतामा खोलादेखि ५ सय मिटर टाढा उत्खनन् गर्ने मापदण्ड छ । तर, आलिया कन्स्ट्रक्सनले खोलाकै छेउ ५ मिटरमा १५ देखि २० फिट गहिरो खाडल बनाएर माटो उत्खनन गर्दै आएको छ ।

माटो उत्खननको लागि स्काइभेटर प्रयोग गरिएको छ । बिहीबार सञ्चारकर्मीहरु घटनास्थल पुग्दा ठेकेदारका कर्मचारीहरुले स्काइभेटर खोलादेखि बाहिर निकालेका थिए । पत्रकार आएको सूचना पाएपछि अवैध उत्खनन गरेको माटो लिन आएका टिपर उत्खननस्थल नजिकबाट फर्काइयो

एक महिना अगाडि पनि दुहबी नगरपालिकाले मापदण्ड विपरित खोला नजिक आलिया कन्स्ट्रक्सनले उत्खनन् गरेको पाइएपछि रोक्न निर्देशन दिएको थियो । उत्खनन्को ठेक्का लिएको कम्पनीले अवैध उत्खनन गर्दा पर्यावरणीय असर पर्नुका साथै वर्षातमा नजिकका बस्ती र फाँटमा बाढी पस्ने जोखिमसमेत बढेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा ५ फिट गहिराइसम्म मात्र उत्खनन गर्न सकिने उल्लेख भएपनि १५ देखि २० फिटसम्म उत्खनन भइरहेको छ । अवैध उत्खननले जनधन गुम्न सक्ने खतरा जनप्रतिनिधिले देखनु पर्ने स्थानीको गुनासो छ । गत भदौ ११ गते नगरपालिकाले ठेक्का सम्झौता गरेपछि उत्खनन सुरु भएको हो ।

नापजाँच नहुँदा उत्खनन्को परिमाणबारे तथ्यांक नभएको दुहबी नगरपालिकाको वन वातवरण तथा विपद् शाखाका प्रमुख बिमलनारायण चौधरीले बताए । सम्झौता विपरित उत्खनन भएको पाइए कारवाहीको दायारमा ल्याउने उनको भनाइ छ ।
दुहबी नगरपालिका प्रवक्ता तथा ७ का वडाअध्यक्ष विजयकुमार चौधरीले यसअघि बन्द गरिएको ठाउँमा मापदण्ड विपरित उत्खनन् गरेको देखिएपछि कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist