दुहबी / सुनसरीको दुहबी १० नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई जाडोका लागि कम्बल वितरण गरेको छ । चिसो मौसमका कारण समस्या नहोस् भन्दै ५० जना अपाङ्गता भएका व्यक्तिलाई दुहबी नगरपालिकाको सहकार्यमा कम्बल वितरण गरिएको वडा सचिप बाबू राम ढकालले जानकारी दिएका छन ।
आज बिहीबार एक कार्यक्रमका बिच वडा अध्यक्ष तुलाराम माझीले अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरेका हुन ।सो कार्यक्रममा वडा सदस्य राम चन्द्र मंडल , चानो देवि ऋषिदेव , शुशिला उराँव दुहबी अपाङ्गता नगर समिति अध्यक्ष भिम शंकर राई जनता मावी सिमरियाका प्रा. सुरेश कुमार चौधरी लगायतको उपस्थिती रहेका थिए ।
कार्यक्रमको संचालन गंगा चौधरीले गरेकि थिन ।





