दुहबी/जेठ ७ मंगलबार
Ldsc हङकङको आर्थिक सहयोग तथा खाद्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपालको प्राविधिक सहयोगमा दुहबीका ११ आगलागि पीडितलाई प्याकेजमा ५०/५० हजार बराबरको खाधान्न, पोषण सामाग्री,लत्ताकपडा,जस्ता पाता लगायतको राहत सामाग्री बितरण गरिएको जनाइएको छ ।
समाज कल्याण परिषद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा दुहबी ९ स्थितमा आगलागि पीडितलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सो रकम बराबरको राहत वितरण गरेको नेकपा एमालेका स्थानीय नेता मुस्तकिम मियाँले बताए ।