सुनसरी/देशमा कोरोना माहामारि तथा लकडाउन भईरहेको बेला पुर्वका ठुला सहरहरुमा केहि होटल सन्चालकहरुले कर्ल गर्ल मार्फत यौन धन्दा चलाउने गरेको देखीएकोछ । पुर्वको शहरहरु मध्ये झापा,मोरङ,सुनसरीमा यसअघिपनि प्रहरीकै अप्रेसनमा दर्जनौं जोडीहरु पक्राउ परिसकेकोछ ।
पछिलो सम्य यता देखि लकडाउन खुकुलो सगै यौन व्यवसाय गर्ने हरुपनि सक्रिय हुन थालीएकोछ । अहिले मोरङको बिराटनगर,सुनसरीको ईटहरि,धरान,दुहबी लगायत क्षेत्रमा रहेका केहि होटेल सन्चालक हरुले हाई प्रोफाईलको कर्ल गर्ल हरु मार्फत यौन धन्दा चलाउने गरेको स्रोतको भनाईछ। स्रोतका अनुसार सो कर्ल गर्ल मोटाे रकम्मा जाने गरेको र होटल सन्चालकले कमिसनको बार्गेनिङ पहिलानै कर्ल गर्ल हरु सङ्ग गरिसकेपछि मात्र कन्ट्याक्ट्मा बोलाउने गरेको उनले
बताउछन । यता सुनसरीको धरानमा अहिले पनि कर्ल गर्ल मार्फत यौन धन्दा भईरहेको छ । धरानमा कर्ल गर्ल मार्फत यौन धन्दा भईरहेको पाईएको हो।
धरान क्षेत्रका केहि होटल ब्यवसायीहरुले कन्ट्याक कल गर्ल मार्फत यौन धन्दा गर्ने गरेको एक होटल ब्यवसायीले बताए ।
अहिले पनि धरान क्षेत्रमा केहि होटल ब्यवसायीहरुले छोटै समयमा धेरै कमाउँने उदेश्यले यौन धन्दा गराउँने गरेका छन ती होटल ब्यवसायीले नाम नखुलाउँने सर्तमा भने ।