दुहबी / दुहबी नगरपालीकाले निर्माण गर्न लागेको ५ तल्ले दुहबी मल्टिप्रपोज बिजिनेस कम्प्लेक्स अब बन्ने पक्का भएको छ । नगर बिकाश कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाको अध्यक्षता मा चैत्र ४ गते बसेको सन्चालक समितिको बैठकले दुहबी नगरपालीका संग ६०/ ४० को सहलगानीमा उक्त सपिङ्ग कम्प्लेक्स निर्माणका लागी लगानि गर्ने निर्णय पारित गरिसकेको छ ।
कोषको उक्त निर्णय पारित भएसगै अब दुहबीमा ५ तल्ले मल्टिप्रपोज भवन बन्ने पक्का भएको दुहबी नगर प्रमुख बेद गच्छादारले बताएका छन । आयोजना मुल्यान्कन प्रतिबेदन अध्ययन पस्चात कोषको २०६ औ बैठकले स्विकृत लगानि बिनियमावली २०७९ को ३८ बमोजिम कोष ब्यावसाय प्रवर्धन तथा आयोजना माहाशाखा बाट मुल्यान्कन गरि दुहबी कम्लेक्स निर्माणका लागी सिफारिस गरिसकेको र तत्काल दुहबी नगरपालीकाले आबस्यक प्रकृया पुरा गरि सम्झौता गर्ने र यसै आर्थिक बर्ष भित्रमा उक्त भवनको सिलान्यास गरिने दुहबी नगर प्रमुख गच्छादार ले बताएका छन्।
भ्याटसहित कुल लगानी ३२ करोड ८४ लाख २९ हजार रहने उक्त आयोजनामा दुहबी नगरपालीकाले ४० प्रतिशत लगानि गर्नुपर्ने प्राब्धान राखेको छ्। दुहबी नगरपालीकाले ४०% लगानि गर्ने प्रतिबद्दता पत्र पठाए सगै कोषको बोर्ड बैठकले लगानि सुनिस्चित गरेको छ।
दुहबी नगरपालीकाको स्वामित्वमा रहेको बजार क्षेत्रको जग्गामा बनाइएका अबैद्य घरटहराहरु गत २०७९ साल बैशाख ५ गते नगरपालीकाले खालि गराएपछि सो स्थानमा सुबिधा सम्पन्न बहुउपयोगी ब्यापारिक भवन निर्माण गर्ने लक्ष नगर प्रमुख गच्छादारले लिएका थिए ।
डबल बेसमेन्ट पार्किङ र इलेक्ट्रीक सवारिसाधन चार्जिङ सेन्टर सहित ग्राउन्ड फ्लोरमा ग्रोसरि सामाग्री का लागी छुट्याइने छ भने , सौचालय र दक्षिण बाहिर पट्टि सार्वजनिक सौचालय निर्माण हुने छन्। पहिलो तल्लामा इलेक्टिक, इलेक्ट्रोनिक , लेडिज एन्ड जेन्स वेइरिङ सामान, ब्युटि सामान , रहने छन, दोश्रो तल्लामा बैँक/ फाइनान्स, मनि एक्चेन्ज, फुड कोर्ट रहने छन्।यसै गरि तेश्रो तल्लामा कवर्ड हल, मिटिङ हल, सभाहल, बेबि स्पोर्ट्स जोन रहने छ। चौथो तल्लामा पल्टिप्रपोज हल र ब्यापारिक सर्टरहरु रहनेछन भने अन्तिम तल्लामा लेडिज / जेन्स जिमहल , स्पोर्ट्स जोन रहने गरि बहुआयामिक ब्यापारिक भवन बनाउन लागीएको गच्छादार ले बताए ।
सो भवन निर्माणका लागी माटोपरिक्षण डिपिआर सकिइ सकेको थ्यो। कार थालनिको २ बर्षभित्रमा कन्स्ट्रक्सनको कार्य सकेर सो भवनबाट सेवा प्रवाह गरिने नगरप्र्मुख बेद गछ्दारले बताएका छन्। भवनको बाहिरि रोडको साइडतिर कुनैपनि ब्यापारिक सर्टर ननिकाल्ने र सबै भवनको भित्रीबाट नै ब्यापारिहरुको सहुलियतका आधारमा स्पेस उपलब्ध गराउने योजना रहेको बताउदै नगर प्र्मुख गछ्दारले भने भवन प्रबेशको मुख्य द्वार उत्तर वा पश्चिम बाट रहने छ्।
दुहबीमा बढ्दो जनसंख्या, सवारी साधन र सिमित जमिनलाइ आधारमानी आगामी ५० बर्ष पछि हुनसक्ने दुहबीको अवस्थालाइ ध्यानमा राखी दुर्गामि सोचका साथ यो सपिङ कम्प्लेसको योजना अगाडी सारेको उनले बताए।





