दुहबी / सुनसरीको दुहबी ५ स्थित रहेको दुहबी नगरकै नमुना
विद्यालय सरस्वति मा.वि.लाई प्रयाप्त सेवा सुविधा दिदा पनी शैक्षिक प्रगतीमा निकै सुधार हुनु पर्नेमा कम हुँदै जानू व्यवस्थापन पक्षको कमजोरी रहेको विद्यालय विज्ञान प्रयोग शाला भवनको उद्घाटन तथा विद्यालयको ६७ औ बार्षिकोत्सवको अवसरमा मेयर गच्छ्दारले सो कुरा बताए ।
मेयर गच्छदारद्धरा मंगलबार विद्यालयको सुविधा सम्पन्न नव निर्मित दुई कोठे विज्ञान प्रयोग शाला भवनको उद्घाटन गरीएका थिए ।
यसैगरी कार्यक्रमका प्रमुख अथिति समेत रहेका दुहबी नगर प्रमुख वेद नारायण गच्छदारले शुभकामना मन्तव्य राख्दै,
आफुहरुको पालामा गाउँ घरका मानिसहरुलाई पठन पाठन गर्न निकै गाह्रो अवस्था रहेको थियो तर अहिले तिनै तहको सरकार र घरका अभिभावक शिक्षित हुदाँ हुदै पनी नगरपालिकाले चालेको कदम वा देखाएको बाटोमा सम्म पुग्न नसकिरहेको अवस्था देखिएको पाईन्छ ।
अबको कुनै पनि विध्यार्थी स्कुलमा विना सुचना नदिई लगातार अनुपस्थिती भइरहेको छ भने उक्त्त विध्यार्थीहरुको अनुगमन गर्न दुहवी नगरपालिकाको शिक्षा शाखाले स्वयंम गर्नु पर्ने नगरप्रमुख शिक्षा शाखालाई निर्देशन दिएका छन् ।
नगर प्रमुखले दुहवी नगरभित्र उच्च शिक्षा बाट बञ्चति नहुनका लागी दुहवीमै पुर्वाञ्चल विश्वविध्यालसँग सम्वन्ध प्राप्त गरी आउने शैक्षिन शत्रबाट व्याचलर , वि एड का कार्यक्रमहरु सरस्वती मा वि मा सञ्चालन गरीने बताए ।
यसै गरी फरक प्रसँगमा दुहवीलाई सुन्दर आर्कषक बनाउनका लागी चाँडै ४० करोडको लागतमा व्यापारिक महलको शिलान्यास गर्ने मेयर गच्छदारले बताए ।
यसै गरी आफ्नै पहलमा इनरुवा रोड देखी उत्तर र डागाँ चोक देखी दक्षिण बुढी खोला सम्म कोशी राजमार्ग निमार्ण भई रहेको मेयर गच्छदारले बताए ।
गच्छदारले इनरुवा देखी दुहवी सड्कको ठेक्का लाउने प्रक्रिया अन्तीम चरणमा पुगेको बताउँदै दुहवी देखी मोरङको मोतिपुर सम्मको बाटोलाई निमार्ण कार्यमा अगाडी बढाउनका लागी प्रक्रिया अगाडी बढाई रहेका बताए ।
कार्यक्रमा विद्यालयका प्रधानाध्यापक तेज प्रसाद तिमसिनाले विध्यालय वि २०१३ सालमा स्थापना भई यस क्षेत्रमा राष्ट्रका लागी महत्वपुर्ण जनशक्ति उत्पादन गरेसँगै शैक्षिक जागरण ल्याउन सफल भएको बताउदेै ।
वास्तमा स्कुल सञ्चालनमा पकै त्रुटी भएको छ त्यसलाई सुधार गर्न एकलै सकिदै त्यसमा सवै हातोमालोको खाचो रहेका प्रधानाध्यापक तिमसिनाले बताए ।





