• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नखाएको बिष लगाउने कार्य भयो न्याय नपाए जनताको अदालत जान्छु : बिजय गच्छ्दार

काेचिला खबर by काेचिला खबर
01/16/2024
in स्थानीय
75
SHARES
341
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / थारु कल्याणकारीणी सभा दुहबीको आयोजानमा सोमबार माघी महोत्सव २०८० को उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नखाएको बिष लगाउने कार्य भयो न्याय नपाए जनताको अदालत बाट जाने बताए ।

उनले महोत्सवमा मात्रै थारुको संस्कृतिमा सिमित नराखी सबैले सधै आफ्नो बालबालिकाहरु र आफ्नो लागि भएपनि थारुको असल संस्कारलाई अगांल्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्रीपरिषदको निर्णय भएको छ, प्रधानमन्त्रीको निर्दैशन छ, तर मलाई फसाउने कार्य गरेको छ” बिश्वास छ, म नयाय पाउछु” । “तिन प्रमुख दललाई एकै ठाउँमा ल्याएर संविधान निर्माणका लागि, देशमा लोकतन्त्रका लागि, जनताको गणतन्त्रका लागि भूमिका खेलेको छु,

“पाँच पटक उपप्रधानमन्त्री भै सकेको छु, अबको राज्यको नेतृत्व आदिवासी थारुले गर्छन् भन्ने डर छन्, र यसले षडयन्त्र पूर्वक आरोपमा फसाउने कार्य भएकोले जनताले मलाई न्याय दिलाउने बिश्वास छ” भन्दै आफनो धारणा ब्यक्त गरेका छन् ।
तिन दलको मात्रले होइन जनताको आन्दोलन, थारु आन्दोलन, मधेश आन्दोलन, आदिवासी आन्दोलन, दलित उत्पीडित आन्दोलनले देशमा जनताको अधिकार बहाली भएको भन्दै अहिलेको सरकार प्रमुखहरुले संविधानलाई चुनौती दिइरहेको र राजनीतिकलाई बदनाम गराउने कार्य गरेको पूर्व उपप्रधानमन्त्री गच्छदारको आरोप छ ।

थारु संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सोमबार महोत्सव आयोजना गरिएको सभाका दुहबी अध्यक्ष महेश कुमार माझीले बताए ।

महोत्सवमा थारु संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारु परिकार सहित कृषि औजारहरु र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएका थिए । तीन महोत्सवमा सुनसरी र मोरग सहित पूर्वी लोकभाका जत्ताजत्तिको प्रस्तुती समेत गरिएको थियो ।

महोत्सवमा थारु परिकार घोंघी, भक्का, तिलको लड्डु, भुजा, सिपी, कुखुरा तथा परेको मासु, भुजा, बगिया, रोटी लगायतका परिकारहरु राखिएका थिए । त्यस्तै थारुको पहिचान झल्किने पौराणिक पोष्टर तथा मूर्तिहरुको पनि प्रदर्शन गरिएको थियो ।

महोत्सवले थारु संस्कार संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमका विशिष्ट अथिती तथा दुहबी नगर प्रमुख बेद नारायण गच्च्दारले बताए ।

नगर प्रमुख गच्छादारले थारु समुदायको परम्परागत रितिरिवाज, सस्कृति रहन सहन बारे आउदो पुस्ता सम्मलाइ ताजगी गराउन र संरक्षण र्सम्बर्धन गर्न साथै बैबाहिक भड्किलो खर्च नियन्त्रण गर्न फरक शैलिमा आफुले माघी आयोजना गर्न लगाएको बताए। नगरपालीका भित्र बसोबास गर्ने थारु लगायत अन्य जातिका युवायुवती लाइ लघुउद्यम सग जोडेर आत्मनिर्भर बनाउन, कृषीलाइ ब्यावसायिक बनाउन, बजार लाइ सुन्दर र सुबिधायुक्त बनाउन, स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधार क्षेत्रमा समेत एकाकार बनाउदै बृहत दुहबि बिकाशमा आफु लागेको हुदा यसमा सबैले साथ सहयोग गर्न आग्रह गरेका थिए।

उनले दुहबी इनरुवा सडक ४ लेनको निर्माणकार्य केहि दिनमै ठेक्का लाग्ने र आगामी बिहिबार पछि ६ लेन बजार क्षेत्रको बिल्ड अप क्षेत्रमा रहेको ६ मिटर सेड ब्याक खाली गर्ने सुचना निकाल्ने तयारी रहेको पनि बताएका छन ।

महोत्सवको उदघाटन कार्यक्रममा कोशि प्रदेश सभा सदस्य ललिता चौधरी , गढि गाउँ पालिका अध्यक्ष आश नारायण चौधरी उपा अध्यक्ष अनिता देबि साह , दुहबी नगर उप प्रमुख मेनुका पोखरेल खतिवडा दुहबीका वडा अध्यक्षहरु लगायत थारु संघ संस्थाहरुको प्रतिनिधीको उपस्थि रहेका थिए ।

थारु संस्कृति समृद्धिको पहिचान, माघी महोत्सव एक अभियान नारासहित शुरुभएको कार्यक्रममा विभिन्न थारु नृत्य तथा झाँकीहरु प्रस्तुती गरेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist