दुहबी नगरपालिकाले सोमबार दुहबीका २० जना बाख्रा पालक कृषकहरुलाई ४० वटा बाख्रा वितरण गरेको छ ।
दुहबी वडा नम्बर ७ पचिरा गाउँका सुर्यमुखी महिला बाख्रा पालन समुहका २० जना बाख्रा पालक कृषकहरुलाई दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले एक कार्यक्रमका बिच आज बाख्रा बितरण गर्नु हुँदै दुहबीमा बेरोजगारिको समस्या अन्त गर्न आफू लागि परेको बताउनुभयो । मेयर गच्छदारले दुहबीमा कृषि क्षेत्रबाट युवाहरुलाई रोजगारीको अबसर प्रदान गर्ने बताउनुहुँदै कृषि नगर पकेट बिकास कार्यक्रम अन्तर्गत दुहबीका किसानलाई अनुदान सहयोग गरि रहेको तथा आगामी आर्थिक बर्षमा अनुदान सहयोग बढाउने जनाउनु भयो ।
अति बिपन्न परिवारलाई खोर तथा बाख्रा वितरण कार्यक्रम अन्तर्गत २० जना बाख्रा पालक कृषकहरुलाइ २ वटा बाख्रा र बाख्राको खोर बनाउन सहयोग गरिएको दुहबी नगरपालिका पशु सेवा शाखाका अधिकृत प्रमोद झाले बताए । ३ दिन अगाडी दुहबी नगर पालिकाले दुहबी १० का २० जना बाख्रा पालक कृषकलाइ ४० वटा बाख्रा वितरण गरेको थियो ।
कार्यक्रम संचालन स्थानीय सोनम चौधरीले गर्नु भयो ।






