दुहबी / रानी – बिराटनगर – धरान – किमाथान्का ६ लेन सडकखण्ड अन्तर्गत कोशी राजमार्गको दुहबी खण्डमा निर्माण हुन नसकेको ६२७ मि बिल्ड अप क्षेत्रमध्य २०० मिटर दुहबी नगरपालीकाको स्वामित्वको जग्गा खाली गरिसकिएको भएतापनी बाकी रहेको ४२७ मिटर बिल्ड अप क्षेत्र भित्र बनेका संरचना हरुको कारण सडक निर्माण कार्य अगाडि बढ्न नसकेको बिसयलाइ लिएर दुहबी नगर प्रमुख बेद गच्छादारले चासो देखाएका छन ।
आज बिहिबार उक्त बिल्ड अप क्षेत्र भित्र बसोबास गर्ने सरोकारवाला हरु सग दुहबी नगरपालीकाको सभाहलमा दुइपक्षिय सहमति जुटाउन अन्तिम कसरत स्वरुप छलफल गरिएको थियो। रानी देखि दुहबी ढाकल चौक र डाँगा चौक उत्तर हुदै धरानसम्म ६ लेन सडक बिस्तार कार्य भैरहेको भएपनि दुहबीमा भने २०५४ मा बिल्ड अप एरिया घोषणा भएको कारण हाल सम्म पनि सडक स्तरोन्नती हुन सकेको छैन्।
६२७ मिटर बिल्ड अप क्षेत्र परिधि तोकिएपनि सोहि क्षेत्रभित्रको २०० मिटर दुहबी नगरपालीकाको स्वामित्वमा भएको जग्गा को ४ प्लटका २ बिगाहा क्षेत्रफल नगरपालीकाले खाली गरि सकेको छ। बाकि ४२७ मिटर जग्गामा बनेका संरचना हरु मुद्दाका कारण अल्झिएका छन्।
दुहबी नगरप्रमुख बेद गच्छादारको सकृयतामा आज सहमति जुटाइ सडक बिस्तार गर्न सरोकारवाला हरुसंग छलफल भएपनि बिना निस्कर्ष टुङ्गिएको थ्यो। सार्वजनिक सडक ऐन २०३१ को क्षेत्राधिकार भित्र रहने ६ मिटर दाया बाया सडकको सेडब्याक कायम रहेको हुदा सडक डिभिजन कार्यलयले जतिबेला पनि खालि गराउन सक्ने हुदा बाकी ३/३ मिटर दिएर सडकको बिचबाट १५/ १५ मिटरमा स्तरोन्नती गर्न सके स्थानियहरुलाइ फाइदा हुन सक्ने नगर प्रमुख बेद गछ्दारले धारणा राखेका थिए।
तर गच्छादारको यो प्रस्ताबलाइ केहिले समर्थन गरेपनि केहिले कारण निस्कर्षमा पुग्न नसकेपनि पछि फेरि स्थानिय सरोकारवाला हरु स्वयम ले नै सहमति जुटाउन लागि परेको बताएका थिए। बिकास निर्माणका लागी बाधक नहुने भन्दै ८०% स्थानियले हस्ताक्षेर संकन गरिसकेको र बाकि समेत सहमतिमा आउने एक स्थानियले बताएका छन्। एक स्थानियले भने, हामी सहमि जुटाएर ६ लेन सडक बिस्तार आयोजनालाइ सहजिकरण गर्ने छौ र दुहबीको मुहार फेर्न प्रयासरत छौ, ।
दुहबी सडक खण्ड निर्माण हुन नसक्दा दैनिक सडक जाम र दुर्घटना हुदा धेरैले ज्यान गुमाउदै आएका छन भने बजार कुरुप र जिर्ण बन्दै गैरहेको प्रति चिन्ता र चासो आम दुहबीबासीको बढेको स्थानियहरु बताउछन्। दुहबी नगर प्रमुख बेद गछ्दार भने जसरीपनि सहमति जुटाएर रास्ट्रीय गौरबको आयोजना ६ लेन सडक दुहबी सडक खण्ड निर्माण गर्ने अभियानमा लागेका छन ।
उता दुहबी इनरुवा सडक खण्ड ४ लेन सडक बनाउन नगर प्र्मुख गच्छादारकै सकृयतामा प्रदेश सरकारले सबै काम सकि ठेक्का निकाल्ने अन्तिम कार्यमा जुटि सकेको जनाएका छन ।





