इटहरी / अन्य पालिकामा दर्ता भएका ई–रिक्सा (सिटी सफारी) लाई इटहरी प्रवेश गर्दा टाइम कार्ड लागू गरिएको छ ।
इटहरी उपमहानगपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौ १७ गतेदेखि अन्य स्थानीय तहमा दर्ता भएकालाई इटहरीमा सञ्चालनमा रोक लगाएको थियो । त्यसपछि सुन्दरहरैंचा नगरपालिकासँगको समन्वयमा टाइम कार्ड लागु गर्ने सहमती भएको थियो ।
ईटहरीका नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार सिटी सफारी व्यवस्थित गर्दा शहरको सुन्दरतासँगै दुर्घटना न्यूनीकरण हुने र सडकमा सवारी आवगमनमा सहजता हुने भएकाले गर्दा टाइम कार्ड लागू गरिएको हो ।
इटहरीमा सफारी सञ्चालनलाई व्यवस्थित बनाउन पटक पटक प्रयास भएपनि सफल हुन सकेको थिएन । पछिल्लो पटक स्थानीय सरकारले कडाई गरेपछि सफारी व्यवस्थापनको पहल सुरु भएको हो
सिटी सफारी व्यवस्थित गर्नकै लागि इटहरी उपमहानगरपालिकाले अब इटहरी क्षेत्रमा बसोबास गर्नेको मात्र सफारी दर्ता गर्दै आएको छ इटहरी उपमहानगरपालिकामा दुई हजार सिटी सफारी दर्ता भएका छन्
कोशी प्रदेशमा मात्र २० हजार हाराहारी सिटी सफारी रहेको कोशी अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ ।





