कोशी राजमार्ग स्थित रहेको दुहबीको बुढीपुल जिर्ण अवस्थामा रहेको छ । राजमार्ग अबरोध हुन सक्ने भन्दै स्थानीय युवाहरु सो सडकमा ड्रमले घेराउ गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण होस भन्दै ब्यस्त देखिएका छ्न ।
समयमै ध्यान न दिदा बर्षायाममा बुढी खोलामा आएको बाढिले गर्दा पुल छेउको माटो बगाउँदा एस्तो भएको भन्दै स्थानीय आक्रोशित छन् ।
बुढीखोलाको पुलको दक्षिण पट्टीको अवस्था हेर्दा कुनैपनि बेला सडक बगाएर धरान-बिराटनगर अन्तर्गत पर्ने कोशी राजमार्ग अबरोध हुन सक्ने भन्दै स्थानीय युबाहरु सडकमा देखिन्छन् ।
बुढीखोलाको पुलको उत्तर पट्टीको अवस्था हेर्दा फलामको पोल र च्याद्राले छेकेर माटो भासिन बाट रोक्न गरेको प्रयास समेत बिफल हुने अवस्थामा छ । सो फलामको पोल र च्याद्रा लड्न सक्ने अवस्थामा छ । बेलैमा सम्बन्धित सरोकारवालाहरुको ध्यान पुगोस भन्दै स्थानीयहरु तथा गाडी रोकेर हेर्नेहरु बताउँछन्।