दुहवी नगरपालिका वडा नं. ३ मा रहेको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आज मंसिर २३ गते (शनिबार) संस्थाको प्राङ्गणमा दोस्रो साधारण सभा सम्पन्न भएको हो ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष जीवन प्रसाद लुईटेलको अध्यक्षता एवं जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार, राष्ट्रिय सहकारी बैंक लिमिटेड सुनसरीका संचालक समिति सदस्य तथा कोशी प्रदेश बचत तथा सहकारी संघ का सदस्य मीलिराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
२ वर्ष अघि खोलीएको दुहबीको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो वर्ष प्रवेश गरे संगै संस्थाको निक्षेप रकम संकलन ४० लाख ५६ हजार एकानब्बे पुर्याएको छ ।
दोस्रो साधारण सभा दुहबी वडा नम्वर ३ स्थित श्री गणेश सहकारीको कार्यालय परिसरमा शनिवार आयोजित दोस्रो साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन ४० लाख ५६ हजार एकानब्ब पुगेको हो । साधारण सभामा संस्थाका अध्यक्ष जिवन प्रसाद लुइटेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधिमा यस सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो रहेको बताउँदै दोस्रो वर्षसम्म आइपुग्दा ४ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारीको संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको बताए । सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन, उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको अध्यक्ष लुइटेलले बताए ।
संस्थाका अध्यक्ष लुइटेलले भने – हामीले विभिन्न क्षेत्रहरुमा लगानीलाई प्राथमिकतामा राखी सम्पूर्ण सेयर सदस्यहरु बिच बचत गर्दै ऋण लगानी गरेका छौ । अहिले देश आर्थिक मन्दीको चपेटामा परेको हुँदा पनि हामी निर्धकताका साथ बचत फिर्ता गरी ऋण लगानी सहज रुपमा गर्न सकेका छौ । हामीले छिटो छरीतो विश्वासनिय सेवा प्रदान गरिरहेका छौ । संस्थाका विकासका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षेक साथै अन्य उपसमितिहरु लगायत संस्थाका कर्मचारीहरुको अथक प्रयास पछि हामी दोस्रो वर्षमा प्रवेश गरेका छौ । हाम्रो अथक मेहनत र लगनशिलताले आज हामी सहकारीलाई उचाईमा पु¥याउन सफल भएका छौ ।
दोस्रो साधारण सभामा प्रमुख अतिथि मीलिराम चौधरीले सहकारीको सफलता यस्का निक्षेपकर्ताहरुको आत्मनिर्भरता सँग गाँसिएको हुने भएकोले सम्पूर्ण सदस्यहरुले आत्मसाथ गर्दै जानुपर्ने सुझाव दिए । उनलेले सहकारी विना आर्थिक संम्वृद्धि नहुँने भन्दै रचनात्मक र उत्पादनमुखी व्यवसायमा लगानी गर्नुपर्नेमा जोड दिए ।
यस साधारण सभाको अवसरमा श्री गणेश सहकारी संस्थालाई विशेष योगदान पुर्याउने संस्थाका संस्थापक सदस्य स्व. जोगेश तिवारी तथा स्व.भागेश्वर चौधरी की धर्मपत्नीलाई वहाहरुको गरेको कार्यको स्मरण स्वरुप कदर पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष मोतीलाल चौधरीले दिएका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव ऋषि साहले गरेका थिए ।





