विराटनगर महानगरपालिका –११ जनपथ टोलमा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।
राजश्व छली गरेको सूचनाका आधारमा कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा छापा मारेको हो ।
राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार भन्सार छली गरेर मालवस्तु स्कट भएको आशंकाका आधारमा विभागको टोलीले छापा मारेर अनुसन्धान सुरु गरेको छ । सप्लायर्सका सञ्चालक सन्जिव भगत हुन् ।





