दुहबी / जोगबनि- बिराटनगर- इटहरी-धरान सडक निर्माण/ स्तरोन्नतीका लागी सुनसरिको दुहबी नगरपालीका अन्तर्गत पर्ने कोशि राजमार्ग क्षेत्रको बुढिखोला पुलदेखि ढाकाल चौक सम्म र डाँगा चौक देखि उत्तर राजमार्ग सम्मको (किमि १८+१२५ देखि २०+००० ) क्षेत्र सडक बिस्तारका को कार्य आज सुभारम्भ गरिएको छ। दुहबी नगर प्रमुख बेद गच्छादारले धार्मिक अनुस्ठानका साथ पुजागरी बिधिवत सिल्यान्यास गरेका हुन ।
जोगबनि – बिराटनगर- धरान – किमथाँका सडक डिभिजन कार्यलयले बिगतमा टेन्डर निकाले पनि अर्थ मन्त्रालय र पुर्वाधार बिचको बिबादका कारण उक्त सडक बन्न सकेको थिएन्। गत मिति २०८०/२/१ को मन्त्रीस्तरिय निर्णयले उक्त सडक खन्ड निर्माणका लागी श्रोत सहमती दिन रोक लगाए पछि दुहबी नगर प्रमुख बेद गच्छादारले पटक पटक समन्धित मन्त्रालय र सचिवालय सग छलफल र परामर्श गरि उक्त सडक निर्माण कार्यलाइ जिबित तुल्याएका थिए।
गच्छादारले आफ्नो पहलमा बिल्ड अप क्षेत्र बाहेकको सडक बिस्तार अनिवार्य सर्त भएको भन्दै पटक पटक ताकेता गरेपछि क्रमागत बिकाश परियोजना अनुसार मिति २०८०/०३/२९ गतेको मन्त्रीस्तरिय निर्णय गराइ श्रोत सहमती लिएसगै उक्त सडक निर्माणका लागी ठेक्का लागेको थियो । उक्त सडक खन्ड बन्न नदिन आमुक ब्यक्तिहरुले रोक्न खोजेतापनि रास्टृय गौरबको आयोजना रोक्न नमिल्ने भन्दै मन्त्रालयले पुन स्विकृत दिएपछि ४७ करोडमा लागेको ठेक्का इटहरि निवासी ब्यावसायी भिम पौडेलको निर्माण कम्पनीले ठेक्का पाउन सफल भएको थियो
नगर प्रमुख गच्छादारले दुहबिको सडक बिस्तार नभए सम्म समग्र दुहबीबासिको बिकास र भबिस्य कुहिरोको काग जस्तै अन्योल रहने महशुस गरी ६२७ बिल्ड अप क्षेत्र भित्र नगरपालीकाको स्वामित्वमा भएको करिब २३० मिटर अर्थात २ बिगाह क्षेत्रफल मा बनेका घर टहराहरु डोजरलगाएर खाली गराइ सकेको थियो । आज सिलन्यास गरिएको छ लेन सडक लाइन मै ब्यक्तिको नाममा रहेको बाँकी जग्गा अब ४०० मिटर बाहेक दुहबी ६ लेन युक्त सडक बन्ने पक्का भएको छ।
यदि स्थानियबासी हरुले समयमै आपसी समझदारी जुटाइ सर्वच्चको मुद्दा फिर्ता लिइ सडकको बिचबाट १५/१५ मिटर जग्गा उपलब्ध गराउने हो भने दुहबीले नया अनुहार प्राप्त गर्ने छ र नगरबासीले शिर ठाडो बनाएर गौरब गर्ने थिए। नत्र बाकी रहने ४०० मिटर भित्र बर्षायाम मा डुबान मात्रै होइन चौतर्फ बाट बगेर आएको फोहोर पानी जम्ने हुदा रोगको संक्रमण समेत बढ्न सक्ने छ। समयमै सरोकारवाला हरुले ध्यान दिन जरुरि रहेको आम नागरिकहरुको आसय रहेको छ।





