दुहबी / सुनसरी दुहबीकी एक महिलालाई इटहरी १३ रनिगाउ घर भएको एक ३२ वर्षिया युवाले बलात्कार गरेको आरोपमा ३ महिना देखि फरार रहेको जितेन्द्र शर्मा लाई दुहबी प्रहरीले बिशेष सुचनाको आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन ।
पोखरेलका अनुसार शर्मा बिहिवार बेलुका पक्राउ परे पछि उनि माथी थप अनुसंधान भईरहेको बताए ।
इलाका प्रहरी कार्यालय दुहबीमा ३ महिना अगाडी दुहबीकि एक महिलाले शर्माले आफू लाई बलात्कार गरेको आरोप लगाउदै किटानी उजुरी दर्ता गरेकि थिन ।
सुनसरीको दुहवी नगरपालिकाकी २४ वर्षिय महिलाले आफू बलात्कार पींडित भएको र न्यायका लागि प्रहरीमा गएको अधारमा धाकधम्की दिएको गुनासो गरेकि थिन ।
ती महिलाले इलाका प्रहरी कार्यालय दुहवीमा भदौं १२ गते जाहेरी दिएदेखी नै धाकधम्की आएको गुनासो गर्दै आएकि हुन ।
आफू पीडित बताउने महिला गत भदौं १२ गतेदेखी जितेन्द्र शर्माका आफ्न्त सहित राजनीतिक दलका केहि नेताहरु समेतले धाकधम्की सहित सो घटना मिलापत्र गर्न दवाव दिदैं मुद्धा फिर्ता लिन र आफूलाई नराम्रो मान्छै भन्दै गालीगजौज सहित धाकधम्की दिदै आएकाले आफु थप असुरक्षीत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता(डिएसपि)नविनकृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल,दुहबीका जनप्रतिनिधि र संचारकर्मीहरु समक्ष रुदैं न्यायकोलागि हारगुहार गरेकि थिन ।
महिलाले आफूलाई बलात्कार भएकोमा जबरजस्ती करणी मुलुकी अपराध संहिता २०७४ को धारा २१९ बमोजिम कार्वाहीको माग गर्दै जाहेरी दर्ता भएकोले सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोले आरोपित जितेन्द्र शर्माको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले बताउदै आएका थिए ।
उता प्रहरीले पीडितको सुरक्षा र दोषीलाई कार्वाही गर्ने प्रहरीको दायित्व भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता(डिएसपि)नविनकृष्ण भण्डारीले पिडींत महिलालाइ न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेका थिए ।





