दुहबी/सुनसरी जिल्लाको दुहबी ८ घर भएका बर्ष २४ का रमेश माझीलाई सोहि गाउँकी २२ बर्षकी युवतिलाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी जिल्ला अदालतले पुर्पक्षकालागि कारागार चलान गरेको छ । माझीलाइ थुनामा राखि कार्वाही अगाडी बढाउने भन्दै कारागार पठाईएको हो ।
सुनसरी जिल्ला अदालतमा भएको थुनछेक बहसमा वादी नेपाल सरकारको तर्फबाट सहायक जिल्ला न्यायाधीवक्ता सन्दिप टेलर, जाहेरवालिको तर्फबाट अधिवक्ता किशोर कुमार चौधरी र प्रतिवादीको तर्फबाट अधिवक्ता कृष्ण प्रसाद दाहालको बहस माथी सुनसरी जिल्लाका न्यायाधीश अर्जुन प्रसाद कोईरालाको ईजलासबाट प्रतिवादि उपरको किटानी जाहेरी दरखास्त,बस्तुस्थिति मुचुल्का र पीडितको स्वास्थय परिक्षण प्रतिवेदन समेतका तत्काल प्राप्त प्रमाणहरुको आधारमा प्रतिवादि रमेश माझि आरोपित कसुरका कसुरदार रहेछन भनि बिश्वास गर्न सकिने मनासिब आधारको विधमानता देखिएको हो।
पीडितलाई अनुचित प्रभावमा पारि शारिरिक सम्पर्क गरेको अबस्था र पीडित गर्भवती समेत रहेको अबस्था समेतबाट यि प्रतिवादिलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने अबस्था देखीएकोले थप प्रमाण बुझ्दै जादा ठहरे बमोजिम हुने गरि हाल प्रतिवादि रमेशकुमार माझिलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) (ख) बमोजिम थुनामा राख्न सोही संहिताको दफा बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यलय झुम्का सुनसरी पठाईदिनु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ७९ बमोजिम आदेश पर्चा गरिदिएको उल्लेख छ ।