दुहबी / चोरी सम्बन्धी कसुर मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९।११।०२ गतेको फैसला आदेशले लगत नम्बर २८०६ बाट ५ महिना कैद र ७,०००/-(सात हजार) रुपैया जरिवाना हुने फैसला भई फरार रहेको प्रतिवादी झुमरा रिषिदेव र गंगीयादेवी रिषिदेवको छोरा जिल्ला सुनसरी दुहवी न.पा. वडा न. ३ वस्ने वर्ष २८ को प्रहलाद रिषिदेव खोजलाई ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट खटीएको प्रहरी टोलीले खोज तलाश गर्ने क्रममा आज मिति २०८०।
०७।२३ गते विहानको अ. ०९:०० बजेको समयमा जिल्ला सुनसरी दुहवी न.पा. वडा न. ३ स्थितमा फेला पारी पक्राउ गरी निज प्रतिवादी प्रहलाद रिषिदेवलाई फैसला कार्यन्वयनको सम्मानित सुनसरी जिल्ला अदालमा उपस्थित गराएकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारगार कार्यालय झुम्का सुनसरी पठाईएको छ ।





