दुहबी / सुनसरीको दुहबी नगरपालिकाका मेयरलाई स्थानीय जनताले २५ किलोको माला पहिरायाउँदै सम्मान गरेका छन् । दुई कार्यकालसम्म मेयरको भूमिकामा देखिएका बेद गच्छदारलाई स्थानीय तहका भौतिक तथा मानविय विकासका लागि निडर अनि हिम्मतका साथ अगाडी बढेर कार्यसफल गरेको भन्दै यो सम्मान गरिएको बताइएको छ ।
दुहबी–६ का बीजी गोयन्काको अगुवाइमा दुहबी–५ स्थिति बजार भित्र नगरपालिकाको २ बिगाहा क्षेत्र भित्र बनेका संरचना हटाएर सार्वजनिक उपदेयताका भवन बनाउने नगर प्रमुख गच्छादको योजनालाई समर्थन र हौसला प्रदान गर्दै सयपत्रीको माला पहिरÞ्याएर सम्मान गरिएको बताइएको छ ।
सडक मापदण्डमा सधै विवादमा आउने र साँघुरो संरचनाकै कारण सडक निर्माण विस्तारमा समस्या आइरहेको थियो ।