दुहबी / सुनसरीको दुहबी नगरपालीका पशु शाखाले बुधबार बजार अनुगमन गर्ने क्रममा केहि मासु पसलमा रोगी र मरेको कुखुराको मासु बिक्री गर्न राखेको फेला परेका छन ।
अनुगमनका क्रममा दुहबी ४ पिपलचौक स्थित रहेको सतेर फ्रेस हाउसमा मरेका र ज्युदै कुखुरामा शरिर कुहिने रोगले ग्रसित मासु बेच्नेगरेको पाइएको छ। बजार भाउभन्दा ४० रुपैया सस्तोमा बेच्नेमासु गुणस्तर्हिन रहेको आशंकामा मरेका र रोगि कुखुरा लाइ अनुगमन समितिले खाल्डोखनेर गाडेका थिए ।
दुहबीमा खोलिएका बिभिन्न मासुपसल हरु नगरपालीकामा दर्ता नभएका, मुल्यसुचि नराखि ग्राहकहरु संग आफू खुशी मुल्य लिएर ठगनेको गरेको आशंका रहेका छन ।
तेसै गरी दुहबी ४ स्थितमै रहेका एफ एफ एफ डेरीले दर्ता बिना संचालन रहेको र बिराटनगर स्थित रहेका कल्पना बिस्कुट घरेलु उद्योग बाट उत्पादन भएका बिस्कुटको प्याकेटमा उत्पादन मिति नभएका बिक्री वितरण गरेको पाईएको थियो ।
अब्यबस्थित र दुर्गन्धित मासु पसलहरु भेटिएपछि दशै पछाडि कानुन बमोजिम प्रकृया नपुगेको पाइएमा कार्वाहि गरिने चेतावनि दिएको दुहबी नगर उप प्रमुख तथा अनुगमण समितिकि संयोजक मेनुका पोखरेल खतिवडाले जानकारी दिएका हुन । सो अनुगमनले मासुजन्य तथा दुघ्दजन्य बिकृबितरण कक्षको अनुगमन समेत गरेको थियो ।
सो अनुगमणमा उपप्रमुख मेनुका खतीवडा, पशुशाखाका निरज कट्टेल, योजना साखा प्रमुख डमर बाहादुर बजगाई लगायत दुहबी नगरपालिका कार्यालयका कर्मचारी इप्रका दुहबीका प्रतिनिधि , पत्रकार सहितको टोलिले बजारक्षेत्रका बिभिन्न माशु तथा दुघ्दजन्य
पसल हरुमा अनुगमन गरेका थिए ।