दुहबी / सरकारले संघीय संसद्मा दर्ता गर्ने तयारी गरेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै गढिमा स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूले संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन संग संगै
देशभरका ७५३ वटै स्थानीय तहको कामकाज ठप्प पारेका छन्
गढिका कर्मचारीहरुले अत्यावश्यक बाहेक सबै कामकाज बन्द गरिएको लेखा अधिकृत दिल बाहादुर खडकाले बताएका हुन ।
कर्मचारीले सोमबार देशभरका ७५३ वटै स्थानीय तहको कामकाज ठप्प पारेका छन्। अत्यावश्यक बाहेक सबै कामकाज बन्द गरिएको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दीपक गौतमले जनाएका छन्। अनिश्चितकालीन रूपमा ‘पेन डाउन’ गरिएको उनको भनाइ छ।
स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने र स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग गरेका छन्।
त्यस्तै, समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्तिविकासको व्यवस्था गर्नुपर्ने र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि पनि कर्मचारी कल्याणकारी कोषको व्यवस्था गर्न माग गरेका छन्।
स्थानीय तहका कर्मचारीलाई पनि ट्रेड युनियन अधिकार प्रदान गर्नुपर्ने र अस्थायी तथा करार कर्मचारीको उचित व्यवस्था गर्नुपर्ने माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ।





