• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

धरानको कार्यपालिकामा चर्काचर्की,मेयरमाथि ज्वाइँ र जेठान लाई जागिर दिएको आरोप

काेचिला खबर by काेचिला खबर
10/05/2023
in स्थानीय
52
SHARES
238
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी / धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक मेयर र कार्यपालिका सदस्यहरुको विवादले फेरि बिथोलिएको छ ।

बुधबारको बैठकमा पुराना कर्मचारीलाई हटाएको र मेयरले ज्वाइँ र नातेदारलाई जागिर लगाएको विषयमा विवाद भएको थियो । विवाद चर्किएपछि मेयर हर्क सम्पाङले बैठक स्थगित गरे ।

२०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित मेयर हर्क सम्पाङ र अरु जनप्रतिनिधिबीच लामो समयदेखि विवाद छ । त्यही विवादका कारण कार्यपालिका बैठक प्रभावित भइरहेका छन् । एकाधबाहेक सबैजसो बैठकमा विवाद हुने गरेको छ ।

मंगलबारको कार्यपालिका वैठकमा १५ वटा एजेण्डा थिए, जसमध्ये ४ नम्बरको बुँदामा जानेबित्तिकै विवाद सुरु भयो । मेयर साम्पाङले उमेरहद देखाउँदै घण्टाघरमा १८ वर्षदेखि कार्यरत राजा सुब्बा र ८ वर्षदेखि मालीको रुपमा काम गरिरहेका प्रकाश राईलाई हटाएका छन्

अनि ज्वाइँ अभिषेक राई र जेठान पर्ने अनुज भुजेललाई नियुक्ति दिएका वडाध्यक्षहरुको दाबी छ ।

बुधबारको बैठकमा उपमेयर अइन्द्रबिक्रम बेघाले बिदा गरिएका कर्मचारीलाई उपदान दिने प्रस्ताव राखे । जसअनुसार ५ देखि १० वर्षसम्म काम गरेकालाई एक महिना, १० देखि १५ वर्ष काम गरेकालाई दुई महिना र १५ देखि २० वर्ष काम गरेकाहरुलाई तीन महिनाको तलब बराबर रकम दिने प्रस्ताव थियो ।

त्यसमा वडाध्यक्षहरुले प्रश्न उठाए । एक कार्यपालिका सदस्यले सल्लाह नगरी हटाउने काम भएको बताए । उनीहरुसहित ७ जना कर्मचारीबारे सहज बाटो खोज्नुपर्ने भन्दै उनले एक वर्षका लागि ज्यालादारीमा राख्ने र गोल्डेन ह्याण्डसेक दिएर विदा गर्नुपर्ने बताए ।

तर मेयर सम्पाङले व्यक्तिलाई हेरेर निर्णय नगरेको बताए । उपदान दिनेबारे छलफल गर्न प्रस्ताव गरे । घन्टाघर आफू नआउँदासम्म अर्कै समितिले चलाएको, त्यही समितिले नियुक्ति गरेकाले १७ वर्षदेखि उपमहानगरपालिकामा काम गरेको भन्न नमिल्ने बताए ।

वडाध्यक्षले फेरि एक पटक निर्णय पुनर्विचार गर्न आग्रह गरे । मेयर सम्पाङले भने २२ जनालाई निकालेको भए पनि दुई जनाको विषयलाई मात्र किन मुद्दा बनाएको भनेर प्रश्न गरे ।

त्यसपछि उपमहानगरका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईले कसरी अवकाश दिएको भनेर प्रश्न गरे । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीको अवकाश उमेर ५८ वर्ष तोकिएको बताए । त्यसअनुसार २२ जनाले अवकाश पाएको र नगरसभाले निर्णय गरेअनुसार सरसफाइका १५, चौकीदार र माली गरेर ५ जना, केही नगर प्रहरी बाहेक अरु कर्मचारी नराखेको बताए

वडाध्यक्ष भट्टराईले घन्टाघर खाली छ भनेर प्रश्न सोधे ।

त्यसपछि मेयरले तपाई चुप लाग्नु न भने । वडाध्यक्ष भट्टराईले प्रतिप्रश्न गरे, ‘मैले सोध्न पाउँदिन ?’
त्यसपछि मेयरले कागज निकाले र वडाध्यक्षलाई हैसियत सोधे, ‘तपाई कुन हैसियतले यहाँ आएर बस्नुभयो ?’

उनले फेरि सोधे, ‘तपाईं वडाध्यक्ष हो ?’

भट्टराईले जवाफ लिए, ‘म वडाध्यक्ष पनि हो, उपमहानगरपालिकाको प्रवक्ता पनि हो ।’

मेयरले प्रश्न गरे, ‘यो मान्छे चाहिँ को मनिष विष्ट ?’

भट्टराईले जवाफ दिए, ‘मनिष विष्ट कार्यबाहक अध्यक्ष ।’

मेयरले फेरि प्रश्न गरे, ‘कार्यबाहक अध्यक्ष हुँदाहुँदै तपाईं कसरी आउनुभयो यहाँ ? अब अफिस गएर मनिष विष्टलाई म आएँ भनेर अध्यक्षको उ लिएर मात्र आउनू ।’

भट्टराईले आफूले विष्टलाई जानकारी गराएर आएको जवाफ दिए ।

मेयरले हुँदैन भनेर प्रतिवाद मात्र गरेनन्, ‘तपाई यो अफिसमा इलिगल हुनुहुन्छ, मनिष विष्टले असोज १७ गते …’ भनेपछि अरु कार्यपालिका सदस्य पनि वादप्रतिवादमा उत्रिए । मेयर, वडाध्यक्षहरु आफ्नो आफ्नो तर्क गरिरहे ।

उपमेयर बेघाले रोकेपछि एक वडाध्यक्षले हात जोडेर आफ्ना कुरा सुन्न आग्रह गरे । उनले स्थानीय सरकार सञ्चालन ऐन अनुसार बैठक नचलाएको भन्दै असन्तुष्टि जनाए । बैठक बोलाएर आफूले जे प्रस्ताव राख्यो त्यही पास हुनुपर्छ भन्ने नसोच्न आग्रह गरे । उनले भने, ‘तपाईंले जेजे भन्नुहुन्छ, आँखा चिम्लेर मान्नुस् भन्ने हुन्न ।’

मेयर सर्वेसर्वा नहुने भन्दै उनले प्रस्ताव पास गर्न आफूहरुको पनि मत सुन्नुपर्ने बताए । र, अघिल्ला वडाध्यक्षले भनेको प्रस्तावअनुसार जान आग्रह गरे ।

अरु वडाध्यक्षले पनि त्यही मत राखे । तर मेयरले आफूले गरेको काममा प्रश्न नउठाउन आग्रह गरे । ‘नगर प्रमुख र प्रशासकीय अधिकृतले कहाँ कर्मचारी सार्छ, त्यहाँ जान्छ’ उनले भने, ‘जहिले जे भनेको छ, जहिले जे भनेको छ, मैले भन्ने, उहाँले सार्ने हो ।’

आफूले खोलाको पानी धरानमा ल्याएर विश्व रेकर्ड राखेको, हजारौं बिरुवा रोपेको नदेखेको, तर शनिबार गाडी चलाएको विषयमा प्रश्न गरेको बताए ।

उनले अघि भने, ‘शनिबार गाडी नचलाउने भन्नुहुन्छ, चलाउँछौं के गर्नु हुन्छ ?’

वडा नं १० का वडाध्यक्षले छेक्छौं भने । मेयरले फेरि भने, ‘छेकेर देखाउनू । वडाध्यक्षलाई दिएको गाडी हो भने उ गरेर देखाउनू ।’

आफ्नो प्रस्तावबाट गाडी नकिनेको र हप्तामा एक दिन श्रमदानमा जाँदा गाडी चढेको विषयमा प्रश्न गरेको भन्दै उनले भने, ‘कति दिन आउनुभयो श्रमदानमा ? अख्तियारमा जानुस् ।’

कर्मचारी सरुवाको विषय छाड्न आग्रह गर्दै मेयर साम्पाङले भने, ‘मेरो इच्छा अनुसार चलाउँछु । आफ्नो इच्छा अनुसार चलाउने हो भने ०८४ को चुनावमा उम्मेदवारी दिनु, मैसँग लड्नु र जितेर देखाउनू । आजको बैठक स्थगित भएको जानकारी गराउँछु ।’

कार्यपालिका सदस्यहरुले भने मेयरले मनलाग्दी गरेको भन्दै विरोध गरे । त्यसपछि मेयर र कार्यपालिका सदस्यहरुले एकअर्कालाई अराजक भएको आरोप लगाए । त्यसक्रममा मेयर साम्पाङ र वडा नम्बर १७ का वडाध्यक्ष भट्टराईले एकाअर्कालाई तपाईं जस्तो होइन म भन्ने विवाद गरे । मेयरले बेला बेला जा समेत भन्न भ्याए ।

यो विवादले कार्यपालिकाको बैठक बिथोलिएको छ । उपमेयर अइन्द्रबिक्रम बेघाले भने कार्यपालिका बैठक नहुँदा धरानमा समस्या हुँदै आएको बताए । ‘एक अर्काको अस्तित्व स्वीकार्न नसक्दा यहाँ समस्या हुँदै आएको छ । एक अर्कालाई सम्मान गर्नुपर्ने हो भने लफडा हुँदैन’, उनले भने ।

वैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मेयर साम्पाङले वडाध्यक्षहरुले आफूलाई सिकाउन नसक्ने बताए । घण्टाघरमा ज्वाइँ नियुक्त गर्नुभएको हो भन्ने प्रश्नमा उनले वडा नम्बर १७ का वडाध्यक्षका श्रीमतीलाई पनि कम्युटर अधिकृत नियुक्त गरेको रेकर्ड रहेको बताए । उसो भए सबै भर्तीकेन्द्र नै हो भन्ने प्रश्नमा मेयर सम्पाङले पत्रकारलाई प्रतिप्रश्न गरे, ‘तपाईँँको ज्वाइँलाई पनि लिएर आउनु न, आउने हो ?

‘नगर प्रमुख भइसकेपछि सबैको अभिभावक हो, कोही पराई छैन । यहाँ ५०० ले जागिर खान्छन्, कसै न कसैको त ज्वाइँ होला नि । सबै मेरै ज्वाइँ हुन्, मेरै छोराछोरी हुन्’, उनले अघि भने, ‘विरुवामा पानी हाल्ने मान्छे लगायो रे ? लगाउँँछु म । मेरो अधिकार हो, तपाईंहरु पनि आउनुहुन्छ भने लगाइदिन्छु । पानी हाल्ने हो ?’

रोजगारी मौलिक हक भएको भन्दै उनले जागिर खाने हो भने आउन, तर विरोध नगर्न आग्रह गरे ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist