इटहरी / इलाका प्रहरी कार्यालय इटहरीले नक्कली नेपाली रुपैयासहित पक्राउ परेका दुई जना मानिसलाई सार्वजनिक गरेकोछ विहीबार विशेष सुचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संखुवासभा पाँचखपन नगरपालिका वडा नं. ५ घर भएका विवेक राई र संखुवासभाकै मकालु नगरपालिका ६ बस्ने अजय राई पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुको साथबाट एक हजार रुपैया दरका १ हजार ५८७ वटा नोट बरामद भएको छ । नोटहरुमा फोटोकपी पेपर प्रयोग भएजस्तो देखिएको छ ।
सबै नोटहरुमा जम्मा ७ वटा नम्बरको प्रयोग भएको छ सक्कली नोटको नम्बर छुट्टा छुट्टै हुन्छ । तर बरामद भएका नक्कली नोटमा भने ज ९५ ५३७१९७ नम्बर उल्लेख भएको ३०१ थान, झ ७७ ४५५२५५ नं. उल्लेख भएको ८४ थान, झ२८ २५४५९० नं. भएको ३०१ थान, झ८३ २११३०६ नं. भएको २०५ थान, ज१६ ५३८२९४ नं. भएको १९७ थान, ञ८४ ०१५०४४ नं. भएको ३०२ थान र ८८३ ४३३८५९ नं. भएको १९७ थान बरामद भएको हो ।
दुवैलाई म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ ।





