दुहबी / सुनसरीको दुहवी पाटी प्यालेसमा सोमवार तिजको अवसरमा दुहबी जेसिजको आयोजनामा भएको तेस्रो संस्कणको मिसेज तिज २०८० को उपाधी मेघा खड्काले हात पारेकी छिन ।
उनलाई दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले ताज सहित ट्रफि, २० हजार एक सय नगद तथा गिफ्ट ह्याम्पर प्रदान गर्नु भएको थियो ।

यसैगरी दोस्रोमा राइशा चौधरी र तेस्रो सुष्मा शर्मा भएकी छिन उनिहरुलाइ क्रमस १५ हजार १ सय, १० हजार १ सय नगद तथा गिफ्ट ह्याम्पर प्रदान गर्नु भएको थियो ।
मेयर गच्छदारले सबै सहभागि प्रतियोगिलाइ शुभकामना दिनु हुँदै तिजको पौराणिक महत्वको वारेमा चर्चा गर्नु भएको थियो
त्यसैगरि अन्य ९ ओटा बिधामा समेत पुरस्कार प्रदान गरिएको थियो ।
वेस्ट पर्सनाल्टीमा गञ्जा चौधरी, वेस्ट हेयरमा मेघा खड्का, वेस्ट इस्माइलमा सर्मिला चौधरी, वेस्ट ड्रेसमा राइशा चौधरी, वेस्ट मेकअपमा आशा चौधरी, वेस्ट वाकमा हेमलता चौधरी, वेस्ट कन्डक्ट मा स्वस्तिक वाग्ले भट्ट मोस्ट टैलेन्टमा नबिता काफ्ले र पब्लिक चोइसमा मनिषा चौधरी रहेका थिए। उनिहरुलाइ ४ हजार १ सय नगद उपाधि सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
दुहवी वडा नं ४ स्थित आफ्टर डार्क पार्टी प्यालेसको हलमा संचालन भएको उक्त प्रतियोगितामा ३० जना महिलाहरुको सहभागिता रहेको थियो।





