दुहबी / सुनसरीको दुहबीमा छेैठौं श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ । दुहबी नगरपालिका वडा नं–५ मा रहेको श्री गणेश पूजा समिति दुहबीको आयोजनामा यही २०८० साल असोज २ गते देखि ३ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुने सम्पुर्ण तयारी पूरा भएको शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश चतुर्थी महोत्सव पूजा आयोजक समितिका रञ्जित गोश्वामीले जानकारी दिए
दुहबी नगरपालिका वडा नं– ५ मा मनाउँदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पूजा समिति दुहबीका समितिले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
गणेश पूजा समितिका संस्थापक रहेका राकेश मुन्द्राले यही असोज २ गते मंगलबारका दिन पूजा शुभारम्भ तथा प्रसाद ग्रहण हुने साथै दुई दिन सम्म बिहान र बेलुकी पूजा आरती र भजन सन्ध्याको कार्यक्रम रहने जानकारी दिए ।
मुन्द्राले उक्त महोत्सवमा आकर्षकको शुद्ध घिउको १०१ केजीको लड्डु र भगवान श्री गणेश को ११ फीट को प्रतिमा स्थापना गर्ने बताए ।
उक्त गणेश चतुर्थी महोत्समा भारतको बिहार स्थित कटीहर कि नेहा सिंह राजपुत साथै धिरज सिंह राजपुत र नेपालका ३ कलाकार गरी ५ जना ख्याति प्राप्त कलाकारहरूबाट भजन सन्ध्या प्रस्तुत गर्ने समेत मुन्धडाले जानकारी दिए ।
उक्त श्री गणेश चतुर्थी महोत्सव असोज ४ गते बिहीबारका दिन दुहबी नगर परिक्रमा गरेर दुहबीको बुढी खोलामा मूर्ति विसर्जन हुने आयोजकले जनाएको छ ।
पूजा समिति संरक्षक मुन्द्रा ले हरेक साल लाखौंको संरचना बनाउने र तोड्ने हुने गर्दा ठूलो धनराशी को नोक्सान बेहोर्नु पर्ने बाध्यतालाई दूर गर्न दुहबीमा गणेश मन्दिर को स्थापना र त्यही स्थायी रुपमा पूजा गर्ने वातावरण मिलाउन लागिरहेको र यसमा स्थानिय सरकार संग थप पहल गर्ने बताए।
शनिबार भएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दुहबी, सशस्त्र प्रहरी बल दुहबी, ट्राफिक प्रहरी पोष्ट दुहबी, दुहबी नगरपालिका वडा नं– ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, समाजसेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।