दुहबी / इलाका प्रहरी कार्यालय दुहबीले बुधबार आयोजना गरेको पत्रकारहरु संग परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ ।
दुहबीमा सरुवा भइ आउँनु भएका प्रहरी निरीक्षक मोहन पोखरेले । परिच्यात्मक कार्यक्रममा दुहबीका स्थानीय संचारकर्मीहरु माझ प्रहरी शान्ति सुरक्षानै बिकासको आधार भएको धारणा राख्नु भयो ।
दुहबी वासीको शान्ति सुरक्षामा कुनै कमि हुन न दिन सदैब सकारात्मक भएर लागि पर्ने समेत बताउनुभयो । संचारकर्मीसंग भेटघाट कार्यक्रममा इ.प्र.का.दुहबीका निरीक्षक मोहन पोखरेलले दुहबी वासीहरुलाई मजवुत सुरक्षा प्रदान गर्नका लागि शान्ती सुरक्षाका विभिन्न रणनितिहरु अपनाउने बताए । सडकमा हुने अराजकता अनुशासनहिन गतिविधिदेखी सडक सुशासनका लागि संयुक्त रुपमा सुरक्षा नीति लागु गरिने प्रहरी निरिक्षक पोखरेलले बताए ।
विष्फोटक पदार्थ नियन्त्रण, जुवाजन्य खेलहरु नियन्त्रण र निगरानी, चोरी तस्करी नियन्त्रण, खाद्यान्नको कृत्तिम अभाव र कालोबजारी उपर निगरानी, मदिराजन्य वस्तुहरुको विक्री तथा वितरणमा कडाई, चोरी लुटपाटका घटनाहरु हुन नदिन पूर्व तयारी र सर्वसाधरणहरुमा सचेतना अपनाउने सुरक्षा रणनीति रहेको प्रहरी निरिक्षक पोखरेलले बताए ।
बजारमा हुने विभिन्न खालका गतिविधिहरुलाई निगरानी गर्नका लागि प्रहरीहरुलाई विभिन्न माध्यमबाट परिचालन गरी सर्वसाधरणहरुलाई सुरक्षा प्रदान गर्ने तयारी गरेकोसमेत यश क्षेत्रको शान्ति सुरक्षाकालागी अहोरात्र खट्ने प्रतिबद्धता जनाउदै स्थानीय संचारकर्मीहरुको सहयोग जरुरी रहेको पोखरेलले बताए
सो भेटघाट कार्यक्रममा स्थानिय संचारकर्मीहरुले जिज्ञासा सहित सुझाव राखेका थिए ।





