अर्जुन खडका
दुहबी, / नेपाली काँग्रेसको भातृ संगठन नेबि संघ दुहबी नगर समितिले ११० औ बिपि जन्म जयन्तीको अवसर पारेर आज साह सेवा समितिको भवनमा बैचारिक गोष्ठी सम्पन्न गरेको छ । नेबि संघ दुहबीका का बा नगर सभापती आभास कोइराला क सभापतित्वमा सम्पन्न गोष्ठीमा के का सुनसरी क्षेत्र नम्बर ३ का सभापती मेहेदि हुसैनको प्रमुख आतिथ्य रहेको थियो भने बिषिस्ट अतिथि दुहबी नगर सभापती तथा नगर प्रमुख बेद गच्छादार, नेबि संघ जिल्ला सभापति प्रमोद भट्टराइ, माहाधिबेशन प्रतिनिधिहरु स्थानिय बिद्यार्थी नेता, पार्टीका कार्यकर्ताहरुको ब्यापक सहभागिता रहेको थियो ।
प्रमुख अतिथि हुसैनले बिपिको बिचारलाइ भासणको रुपमा प्रयोग गर्ने तर ब्यावहारमा लागु नगर्ने कारण हाल काँग्रेसमा बिचलन आएको बताए।
दुहबी नगर सभापती तथा नगर प्रमुख गच्छादारले तत्कालिन भु राजनितिक अबस्था र देशको आवस्यकतालाइ आधार मानेर बिपिले ल्याएको समाजबाद अहिले सम्म सान्दर्भिक भएतापनि समय र जनजिबिकाको परिवर्तन सगै परिमार्जन गर्दै आधुनिक समाजबाद तर्फ अगाडि बढ्नु पर्नेमा जोड दिए। इतिहास मै पहिलो पटक ३ दिन सम्म केन्दृय समितिले बिपि साहित्यिक गोष्ठी काठमान्डौमा आयोजना गरेको स्मरण गर्दै उनले भने बिपिलाइ भाषणमा भजाउने तर ब्यावहारमा स्वार्थ केन्दृत निति लागु गर्ने केन्दृय नेतृत्वको कारण बिपि को मार्ग लाइ अन्याय भएको बताए
उनले भने धेरै मान्छेले धेरै काम गरेर धेरै कमाउनु समाजबाद हो भने थोरै मान्छेले थोरै कामगरेर धेरै कमाउनु सामन्तबाद हो । साम्यबादमा प्रजातन्त्र जोडियो भने समाजबाद हुन्छ तर साम्स्यबादमा बाट प्रजातन्त्र हटाइयो भने पुजिबाद हुन्छ भन्दै उनले भने बिपिले देखेको समाजबादको सपना संबिधानमा उल्लेख हुदा समेत ब्यावहारमा लागु हुन नसक्नु दुर्भाग्य रहेको बताए। नेबि संघ माउ पार्टिको नर्सरि भएको र यस्लाइ संरक्षण गर्नु पर्ने , दुहबी नगरपालेकामा नेबि संघ ७९ को निर्वाचन पस्चात गठन गरेतापनि कृयाशिल नभै सुषुप्त रहेको स्विकार्दै यसलाइ चलायमान बनाउदै लैजान आफु प्रतिबद्द रहेको जनाउदै उनले भने अब परिवारिक लिगेसिले राजनिति नचल्ने र आफैले जनतासंग साक्षात्कार भएर पार्टी संगठन बनाउन पर्नेमा जोड दिए।
कार्यक्रममा माहाधिबेशन प्रतिनिधि हाजि अब्दुल मिया र दिपक राइले आ आफ्न बिचार हरु पस्किएका थिए। नेबि संघ जिल्ला सभापति भट्टराइले आ छिट्टै दुहबी मा नेबि संघको चलायमान संगठन निर्माण गरिने प्रतिबद्दता प्रकट गरे।