• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीबाट खटिएका सादा पोसाक प्रहरीमाथी आक्रमण गरी लुटियो हथियार

काेचिला खबर by काेचिला खबर
09/09/2023
in स्थानीय
95
SHARES
433
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको बर्जुमा प्रहरीमाथि आक्रमण गरी हतियार र गोली लुटिएको छ । सुनसरीमा एउटा समूहले सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ ।
चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथि बर्जु गाउँपालिका–१ मा शुक्रबार राति आक्रमण भएको हो । घटनास्थल बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरीतर्फ पर्छ । घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो ।

उक्त क्षेत्रमा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिने र हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ त्यससम्बन्धी सूचना संकलन गर्न र घटना नियन्त्रणका लागि प्रहरी जवान विमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो । परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

उनकाअनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइएको थियो । ‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो । त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ एसपी रेग्मीले भने, ‘आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्न सक्ने अवस्था भएन ।’ उनले आक्रमण गरेर प्रहरीलाई घाइते बनाएपछि हतियार र गोलीसमेत लुटेर उक्त समूह फरार भएको जनाए ।

आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको एसपी रेग्मीले बताए । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको जानकारी उनले दिए ।

घटनाको जानकारी पाउनसाथ उक्त गिरोहको खोजीका लागि विभिन्न प्रहरी युनिटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो । आपराधिक गिरोहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक गजेन्द्र राया, इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरी निरीक्षक मोहन पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा अलगअलग टोली परिचालन गरिएको छ ।

प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ । पेस्तोल भने अहिलेसम्म फेला परेको छैन । घटनाको अनुसन्धान एवं सोधपुछका लागि शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । उक्त घटनामा विगतमा विभिन्न अपराधमा संलग्न समूहको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनालगत्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले हतियारसहित सादा पोसाकमा एक्लै–दोक्लै प्रहरी परिचालन नगर्न निर्देशन दिएका छन् । साथै, ड्युटीमा खटाइएको समयमा टोली छाडेर एक्लै नबस्न, खटिएको टोली एकअर्कासँग समन्वय एवं सम्पर्कमा बस्न र प्रहरी परिचालनलाई मजबुत बनाउन पनि उनले निर्देशन दिएका
छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist