दुहबी / सुनसरीको बर्जु गाउँपालिकामा आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बाबु पक्राउ परेका छन् ।
सुनसरीको बर्जू गाउँपालिका- २ का अर्जुन कामतले आफ्नै छोरीलाई विष खुवाएको आरोपमा पक्राउ गरिएको
हो ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका
थिए । त्यसपछि बेहोस भएकी राधिकालाई स्थानीयले उपचार गर्न लगेका छन् ।
उनको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।
मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि विष खुवाएको स्थानीयको भनाइ छ ।
उता सो बीसयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्धि राम चौलागाई संग बुझदा छोरी लाई विष खुवाउने बाबू अर्जुन कामत लाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।