मिति २०८०।०४।०३ गते अन्दाजी १६.१० बजेको समयमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नः.-२ स्थित राधाकृष्ण मन्दिर अगाडीबाट पार्किङ गरी राखेको जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं.-२ बस्ने प्रकाश मण्डलको को ३० प ५२३६ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल चोरीमा संलग्न जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १३ खनार बस्ने बर्ष २५ को मो कमरूदिन र जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.-१४ खनार बस्ने बर्ष २२ को मो. सम्सेरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०४।०४ गते चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिई चोरी कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।