धरान सडकखण्डमा गाेली प्रहार गरि विराटनगरका युवककाे हत्या भएको छ ।
शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीकाे हत्या भएको हाे । उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गाेली प्रहार भएकाे थियाे । मुलघाटबाट विराटनगर जादै गरेका उनकाे दाहिने काेखमा गाेली लागेको थियाे । प्रहरी स्राेतका अनुसार उनकाे साथमा भएको रकम र माेबाइल पनि लुटिएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको उपचारका क्रममा विपि प्रतिष्ठानमा चाैधरीकाे मृत्युु भएको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए । गाेली प्रहार गरेकाे कारण नखुलेको उनकाे भनाइ छ