सुनसरिकाे बराहक्षेत्रस्थित काेशी किनारमा भएकाे युवती कुटपिट प्रकरणमा संलग्न दुइ जना इटहरीबाट पक्राउ परेका छन । इटहरी वसपार्क स्थित साथिकाे घरमा लुकेर बसेका दुइजनालाइ इटहरी प्रहरीकाे टाेलीले पक्राउ गरेकाे हाे ।
गत असार २९ गते सप्तकाेशी किनारमा तिनजना युवतीलाइ ५ जना युवतीहरूकाे समुहले कुटपिट गरेकाे भिडीयाे सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे ।
प्रहरीले साेहि दिन २ जनालाइ पक्राउ गरेकाे थियाे भने ३ जनालाइ मंगलबार दिउसाे पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा बराहक्षेत्र ८ की १९ वर्षीया दुर्गा राई र सोही वडाकी २२ वर्षीया विनिता उराँव रहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।
यसै घटनामा संलग्न भएकाे भन्दै महेन्द्रनगर प्रहरीले साेमबार साझ बराहक्षेत्र १० की १९ वर्षीया प्रीति लिम्बूलाइ पक्राउ गरेकाे थियाे । प्रहरीका अनुसार कुटपिट गर्ने समूहका १९ वर्षीया सञ्जिता राई र निहाङ राईको खोजी भइरहेको छ ।
उनीहरूको समूहले आफ्नो ब्वाइफ्रेन्डसँग बोलेको भन्दै बराहक्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नवीना विश्वकर्मा र १९ वर्षीया मनीषा राईलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
पक्राउ परेका तीनैजनामाथि अभद्र व्यवहार मुद्वामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले बताएको छ ।