दुहबी / साउन २ मंगलबार
सामाजिक संजालमा सुनसरीको दुहबी वडा नम्बर ९ मा भएको एक घटनाको ईलाका प्रहरी कार्यालय दुहबी अगाडी रातको समयमा न्यायकोलागि हारगुहार गरिरहेको भाईरल भिडियो जबर्जस्ति करणि उद्योग र डाका मुद्दाको आरोप लगाउदै दुहबी प्रहरीमा उजुरी परेको छ ।
दुहबी ९ बस्ने एक महिलाले आफू माथी रातको समयमा १२ जनाको समुहले धारीलो हातहतियार सहित कुटपिट गरि गम्भीर घाइते बनाएर घरमा रहेको घनमाल लुटेर लगेको आरोप लगाउदै उजुरी दिएकी छिन ।
सो उजुरीमा आफुलाइ जबर्जस्ति करणि गर्न खोजेको भन्दै १२ जना विरुद्ध डाका मुद्दाको आरोप समेत लगाएकी
छिन ।
घाइते भएकी महिलाको बिराट नर्सिङ होम अस्पतालमा उपचार भइ रहेको बताउदैं महिला पक्षका आफन्तहरुले
दुहबी प्रहरीले हाल सम्म पनि उजुरी दर्ता गर्न नमानेको गुनासो गरेका छन् ।
न्यायकोलागि हारगुहार गरिरहेको भिडियो गत शनिबार देखि सामाजिक संजालमा भाईरल भइरहेको देखिन्छ ।
सो विषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं संग बुझ्दा दुवै तर्फबाट उजुरी परेकोले सो घटना बारे अनुसंधान भईरहेको बताए ।