• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रेमी संग बोलेको निहुँमा सप्तकोशी किनारमा भएको थियो युवतीहरुको ‘ग्याङ फाइट’

काेचिला खबर by काेचिला खबर
07/17/2023
in स्थानीय
58
SHARES
262
VIEWS
Share on FacebookShare on Twitter

प्रेमीको विषयलाई लिएर सुनसरी बराहक्षेत्रको कोशी किनारमा पाँच जना युवतीले अर्को समूहका युवतीमाथि कुटपिट गरेका छन्।

दुई दिनअघि (साउन २९ गते) बराहक्षेत्र वडा नं. ८ को कोशी किनार राजावास चिहान डाडामा घुम्दै गएका युवतीमध्ये दुई समूहबीच भनाभन भएको र त्यसपछि कुटाकुट भएको घटना यतिबेला रोचक बनेर सार्वजनिक भएको छ।

घटनाक्रम अनुसार कोशी किनारमा स्थानीय २१ वर्षे मनिषा राई, १७ वर्षे सन्ध्या परियार र सोही उमेर समूहकी नवीना विश्वकर्माको एउटा समूह तथा १८ वर्षे प्रिती लिम्बुसहितका पाँच जनाको अर्को समूहको जम्काभेट हुन पुगेको थियो। सामान्य चिनजानका यी दुई समूहमध्ये तीन जनाको समूहले पाँच जनाको समूहलाई आफ्ना प्रेमीसँग बोलेको बात लगाएपछि भनाभन सुरु भएर कुटपिट भएको खुलेको छ। पाँच जनाको समूहले तीन जनामाथि उफ्रि उफ्री कुटपिट गरेको यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको हो।

पाँच जनाको समूहले तीन जनाको समूहमाथि फिल्मी शैलीमा कुटपिट गरेको भिडियोहरु सार्वजनिक भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा पाँच जनाको समूहले शुरुवातमा दुई जना युवती र पछि अर्को जनालाई पालैपालो कुटपिट गरेको देखिएको छ।

घटनापछि यतिबेला प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पीडित तीनै जनाले आइतबार मात्र प्रहरीको सम्पर्कमा आएर पाँच जनाविरुद्ध उजुरी दिएपछि एक जना पक्राउ गरेको र अरु फरार रहेकाले खोजी भइरहेको छ। प्रहरीले बराहक्षेत्र वडा नं. १० की १९ वर्षे प्रिती लिम्बुलाई पक्राउ गरेको छ। प्रितीलाई सोमबार अभद्र व्यवहारमा मुद्दा दर्ता गरि अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको छ।

घटनामा संलग्न भएको आरोपमा १९ वर्षे सविता राई, सोही उमेरकी निहाङ् राई, १८ वर्षे दुर्गा राई र २२ वर्षे वविता उराव फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताए। उनका अनुसार पीडित तीनै जनाले आफूहरुको बेइज्जत गरेको भनी उजुरी दिएका छन्। ‘घटना प्रेमीसँग बोलेको एउटा समूहले अर्को समूहलाई बात लगाएपछि भनाभनबाट भएर कुटपीट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले भने, ‘घटनाको पूर्ण अनुसन्धानपछि सवै यर्थात खुल्नेछ।’ घटनामा कुटपिटबाट शरीरमा कुनै चोटपटक भने नदेखिएको दत्तले बताए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist