• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

ललिता निवास प्रकरण : सारडा ग्रुपका पाँच उद्योगी सम्पर्कविहीन

काेचिला खबर by काेचिला खबर
07/12/2023
in स्थानीय
59
SHARES
269
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नताको आरोप लागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि विराटनगरका प्रतिष्ठित घरानाका पाँच व्यापारी सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा, एसियन फुड्सको कारोबार हेरिरहेका राधेश्याम सारडा, श्रीनिवास सारडा र संविधानसभा सदस्यसमेत रहेका पवनकुमार सारडा रहेका छन् । यस्तै सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाको छोरा सन्दिप सारडा पनि सम्पर्कविहीन रहेको स्रोतले बतायो ।

उनीहरु गत असार १५ गतेपछि सम्पर्कविहीन बनेका हुन् । उनीहरुको नाम ललिता निवासको जग्गा घोटला गर्नेहरुमध्येको ३९७ जनाको लिष्टमा रहेको बताइएको छ ।

उनीहरुले कतिमा कति जग्गा किनेका थिए भन्ने कुरा भने खुलेको छैन । ‘चार नम्बरपछि जग्गा किनेको कुरा मलाई पनि जानकारीमा आएको छ,’ विराटनगरका एक उद्योगीले भने, ‘हामीले कन्ट्याक्ट गर्न खोज्दा पनि भइरहेको छैन । कहाँ हुनुहुन्छ थाहा छैन । कुनै पारिवारिक जमघटमा जानु भएको हो कि ? ।’

विराटनगरकै अर्का उद्योगीले भने, ‘उहाँहरु जस्तो प्रतिष्ठित मान्छे भाग्नुपर्ने अवस्था सिर्जना भएपछि उद्योग व्यवसायीको क्षेत्रमा के भएको होला ? ’ उनले जग्गा के हो ? कसको हो किन्ने मान्छेलाई थाहा नहुने भन्दै आक्रोश व्यक्त गरे । ‘उहाँहरुले भन्दा अगाडि दुई जनाले किनेका थिए । को–कोसँग कसले किनेको थियो तेस्रो, चौथो नम्बरमा किन्ने मान्छेले त्यो जग्गा विवादित हो भनेर कसरी थाहा पाउँछ ?,’ उनले भने ।

नक्कली भुटानी शरणार्थी काण्डदेखि ललिता निवासकाण्डसम्म उच्च ओहोदाका मानिसहरु पक्राउ परेको देखेर उद्योगीहरु लुक्नु, भाग्नु सामान्य भएको उनको भनाइ छ ‘सरकारले मान्छेहरु पक्राउ गरेको देख्दा उद्योगीहरु कसरी छोडिएला र ? तर, के भइरहेको छ भन्ने विषय हामीले बुझ्न सकेका छैनौँ,’ उनले भने ।

सारडा परिवारको नेपालमा १६० वर्षको इतिहास छ । श्रीनिवासको हजुरबाहरु भारतबाट नेपालको सिरहास्थित लहानमा बसेका थिए । त्यसबेला उनीहरुले जनकपुरसम्म व्यापार गरे । ४० को दशकपछि उनीहरु विराटनगर र काठमाडौं छिरेका हुन् । संविधानसभा सदस्य सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष पनि हुन् । शिवरतन काठमाडौंमा बस्छन् । सारडा ग्रुपका अध्यक्ष उनी जेठो हुन् । माइला राधेश्याम, साइलो श्रीनिवास र पवन कान्छो भाइ हुन् । राधेश्याम सारडालाई रमपम चाउचाउ उत्पादक कम्पनी एसियन थाइफुड्सको सबै आर्थिक कारोबार हेर्ने जिम्मा थियो यो प्रकरणमा हालसम्म एक दर्जन व्यक्ति पक्राउ परिसकेका छन् । जसमा पूर्वसचिवमात्रै आधा दर्जन बढी छन् । राटो पाटी बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist