दुहबी / दुहबीका मेयर गच्छ्दारले इस्लामहरूको पर्व बकर इदको शुभकामना दिएका छन् ।
मेयर गच्छदारले इद–उल–अज्हा (बकर इद) पर्वले नगर बासी लगायत सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।
सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
यस्ता पर्वहरुले विभिन्न जातजाति, सम्प्रदाय, वर्ग, समुदाय तथा समाजको मौलिक संस्कृति र रहनसहनलाई सम्वर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।
पर्वको अवसरमा मेयर गच्छ्दारले सामाजिक संजाल आफ्नो फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन् ।