दुहबी / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकक्षा ग्रेटर नेपालको नक्सा राखेको केही दिनपछि सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम हलुवाइले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा शुक्रबार राखेका छन् ।
भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु र बिराटनगर राखेर नक्सा बनाउँदा नेपालमा सबैले बिरोध गर्ने आँट बनोस भन्दै जनस्तरबाट सन्देश दिन आफूले यसो गरेको हलुवाईले बताए ।
‘प्रधानमन्त्रीले नि उही भारत गएर पनि नेपालविरुद्धको यो आवाज उठाउनुभएको, राष्ट्रियताप्रतिको भावनात्मक विचार आएर मैले यस्तो नक्सा राख्ने निर्णय गरेर कार्यान्वयन गरेको हुँ, भारतको हेपाहा प्रवित्तिविरुद्ध एकजुट हुनुपर्छ, काठमाडाैंका मेयर बालेनले हिम्मत गर्नुभएको सिको गरेको हुँ, उनले भने ।
‘यो हाम्रो पुरानो सांस्कृतिक नक्सा हो, हाम्रो इतिहास बोकेको नक्सा हो, यस्तो गौरवपूर्ण इतिहास नयाँ पिँढीलाई जानकारी दिन पनि आवश्यक हुन्छ भनेर मेरो सोच आयो, सरकारले नगरे अब सबै नेपालीले यो नक्सा राख्नुपर्दछ भन्ने मेरो आग्रह हो,