दुहबी / मिति २०८०।०३।०६ गते विहानको अ.१०:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरी बाट खटीएको प्रहरी टोलीले सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८/०९/२६ गतेको फैसला आदेशले ८ वर्ष कैद र रु.७००००/-(सतरी हजार) जरिवाना फैसला गरेको फरार प्रतिवादी दुखा मियाँको छोरा जिल्ला सुनसरी साविक दुहबी गा.वि.स. वडा न. ५ हाल ऐ. दुहवी न.पा. वडा न. १ प्राष्टोकी वस्ने बर्ष-४० को फिदा हुसेन भन्ने फिर्ता हुसेनलाई जिल्ला सुनसरी दुहवी न.पा. वडा न.८ स्थित सोनापुर बाट पक्राउ गरी आज मिति २०८०/०३/०६ गते सम्मानित जिल्ला अदालत मोरङमा पेश गरीएकोमा निज प्रतिवादीलाई सम्मानित मोरङ जिल्ला अदालतबाट आज मिति २०८०।०३।७ गते फैसला कार्यन्वयनको लागि मोरङ कारागार पठाएको





