दुहबी / मोरङको बुढीगंगा गाउँपालिकामा मापदण्ड विपरीत भु–माफियाहरुले अबैध रुपमा माटो उत्खनन गर्दा बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले तत्कालै अनुगमन गरी कारवाही गर्ने भने पनी हाल सम्म कुनै कारवाही अगाडी बढाउन सकेका छैनन ।
एक साता अगाडी बुढीगंगा वडा नम्वर ५ स्थित बुढीपुल देखी दक्षिण बुढीखोलाको डिल नै मासेर माटो कारोबाररी भु–माफियाहरुले अबैध रुपमा माटो उत्खननको विषयमा सँञ्चारकर्मीहरुसँग फोन संवादमा अध्यक्ष थापाले माटो उत्खननको विषयमा गाउँपालिकासँग सम्झौता भए पनि पालिकाको प्राविधिक टोलि खटाई अनुगमन गरेर मापदण्ड बाहिर उत्खनन भएको भए उत्खनन गर्नेलाई क्षतिपुर्ति
गराउने भने पनि हाल सम्म अध्यक्षले कुनै कारवाहि अगाडी बढाउन नसकोले व्यक्तिगत लाभका लागी गरेको हुन सक्ने स्थानियहरुले आशंका गरेका छन ।
अध्यक्षले सँञ्चारकर्मीहरुसँग गरेको प्रतिवद्धता पुरा नहुँनुमा प्रहरी प्रशासनको आडमा माटो कारोबारी भु-माफियाहरुसँग मिलेमतो भएको घाम जतिको छर्लङ्ग भएको स्थानीयको आरोप छ ।
सोही विषयमा माटो उत्खनन गर्न गाउँपालिकासँग कुनै प्रकारको सम्झौता नभएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरिराज भट्टराई र अध्यक्षको कुरा बाझिएकोले बुढीगंगा गाउँपालिकाको काम कारवाही रहस्मय देखिएको छ ।
माटो प्रसोधनको नाममा नियम विपरीत बुढीखोलामा जथाभावी माटो उत्खननको कार्य गर्दा त्यहाँका खेती योग्य नम्बरी र ऐलानी जग्गा उच्च जोखीममा पर्न गईरहेकोले त्यहाँका स्थानियबासीहरुले आक्रोशित भएका छन् ।





